किकी, डू यू लभ मी !

आइतबार, २० साउन २०७५, ०६ : १९ शुक्रवार
किकी, डू यू लभ मी !

केकी अधिकारीलाई खुसी हुन त्यस्तो ठूलो कारण केही चाहिँदैन, स–सानै कुरा पर्याप्त हुन्छ । क्यानेडिन गायक तथा र्यापर ड्रयाकको एउटा गीत अहिले बजारमा भाइरल छ र यसैमा उनी औधी खुसी छिन् ।

किन थाहा छ ? किनभने गीतको बोल छ, ‘किकी डू यू लभ मी’ । अनि फ्यानहरु केकीलाई जिस्काइरहेछन्, ‘दिदी, ड्रयाकले यो गीत तपाईंकै लागि किन लेख्यो ? तपाईंलाई नै किन सोध्यो ?’ केकी र ड्रयाकको फोटो राखेर ट्रोल पनि बनिरहेको छ । ट्वीटर, फेसबुक जताततै ट्रोल भाइरल छ ।

उता केकी यसमै मक्ख छिन् । प्रेम भाव झल्किएको यो गीत केकीलाई पनि आफ्नै लागि लेखिदिएझँै भा’छ । शुक्रवारसँग भन्दै थिइन्, ‘अरुले जिस्काउँदा–जिस्काउँदै आफ्नै लागि लेख्दिएझँै भा’छ । सायद यसैलाई भन्छ, जीन्दगीका स–सानाखुसी ।’
 

Leave A Comment