सन्ध्या फेरि फ्लप

आइतबार, २० साउन २०७५, ०६ : २३ शुक्रवार
सन्ध्या फेरि फ्लप

फिल्म हिट होस् या फ्लप, त्यसले अभिनेत्री सन्ध्या केसीलाई खासै फरक पर्दैन । केही हप्ताअघि शुक्रवारसँगको कुराकानीमा उनले भनेकी थिइन्, ‘म हिट नै हुनुपर्छ भन्ने लाग्दैन । आखिर हिट भएर पनि पाउने भनेको अडियन्सको माया नै हो तर मलाई हिट नभई फलोअर्सको कमी छैन ।’

सन्ध्याका फलोअर्स पनि अचम्मका रैछन्, इन्स्टाग्राममा तस्बिर लाइक गर्ने तर फिल्म हेर्न नजाने ! भर्खरै उनले अभिनय गरेको ‘पण्डित बाजेको लौरी’ हलमा चल्यो । वादी महिलाको भूमिकामा उनले गरेको अभिनयको तारिफ नै भयो । तर के गर्नु, फिल्म चल्दिएन ।

यसअघि ‘ह्याप्पी न्यू इयर’ पनि  फ्लप भएको थियो । पहिलो फिल्म ‘ड्रिम्स’ त हल्का चलेकै थियो तर त्यहाँ पनि उनको सिन काटेर भूूमिकै छोट्याइएको थियो, गेष्ट रोल जस्तो । कसैले नोटिस्ड नै गरेनन् । उनको फिल्मी यात्रालाई नजिकबाट नियाल्नेहरु अहिले टिप्पणी गरिरहेका छन्, ‘अनलक्की सन्ध्या’ । उता इन्स्टाग्राममा फलोअर्स बढेर दंग सन्ध्या भन्छिन्, ‘मुुभी आएर÷नआएर पनि मलाई खासै फरक परेको छैन ।’  तर यसरी कहिलेसम्म फरक नपर्ला, हेर्दै जाउँ ।   
 

Leave A Comment