साम्राज्ञीको ओभरडोज

आइतबार, २० साउन २०७५, ०६ : २९ शुक्रवार
साम्राज्ञीको ओभरडोज

नामकै भरमा दर्शक झुक्किने राजेश हमाल युग बितिसक्यो । हिजोको दिन थियो, फिल्ममा राजेश हमाल छन् भने एक खालका दर्शक आउने ग्यारेन्टी नै हुन्थ्यो । हिजोआज भने दर्शक अनुहार हैन, गुदी हेर्न फिल्महलमा जान्छन् । अनमोल केसीको ‘कृ’ र साम्राज्ञीराज्य लक्ष्मी शाहको ‘तिमीसँग’ यसका उदाहरण हुन् । यी फिल्म रिलिज भएर फ्लप नहुन्जेलसम्म दुवैका फिल्म कहिलै फ्लप हुन्नन् भन्ने लाग्थ्यो ।

यसका बाबजुद दुवै अहिलेका दिनमा ठूला स्टार हुन्, त्यसमा शंका छैन तर फिल्मको यसैगरी प्रमोसन गरे कसरी स्टार रहलान् त ? तत्कालका लागि भने कुरो साम्राज्ञीको हो । साम्राज्ञी अभिनित ‘कायरा’ यो हप्ता रिलिज भयाे जसकाे प्रतिकृया राम्राे छैन । साम्राज्ञीकै ‘इन्टु मिन्टु लन्डन’ असोज १२ मा रिलिज हुँदैछ ।

तर साम्राज्ञी बेच्ने मामलामा दुवै टिमबीच तँछाडमछाड छ । यसको झलक देखियो अघिल्लो हप्ता । फिल्म ‘इन्टु मिन्टु लन्डन’ले गत बिहीबार गीत रिलिज ग¥यो । आफ्नो फिल्म रिलिजको मुखमा साम्राज्ञीकै अर्को फिल्मको गीत आएको देखेर आर्यन सिग्देलले भोलिपल्टै ‘कायरा’को गीत  रिलिज गरे । दिन बिराएर साम्राज्ञीका गीत ल्याउनु निर्माताका आफ्नै बाध्यता होलान् तर यही चक्करमा दर्शकलाई साम्राज्ञीको ओभरडोज पेल्नु जायज हो र ? 

Leave A Comment