पोर्न हबमा प्रियंका

आइतबार, २० साउन २०७५, ०६ : ४३ शुक्रवार
पोर्न हबमा प्रियंका

कहिलेकाहीँ एउटै कामले सुख पनि दिन्छ र दुःख पनि । यो कुरा प्रियंका कार्की बराबर कसलाई थाहा होला ? 
‘कथा काठमाडौं’ कै सेटमा प्रियंकाले हुनेवाला पति आयुष्मान जोशीलाई भेटिन् । यही फिल्मको सेटमा प्रेम टुसायो, यहीं झाँगियो र हराभरा भयो । दुवैले केही समयअघि इन्गेजमेन्ट गरेर प्रेमलाई नयाँ नाम दिए ।

यही फिल्मको गीत केही दिनअघि सार्वजनिक भयो, जसले प्रियंकालाई पक्कै खुसी दिएको छैन । खुसी दिन्थ्यो भने उनले फेसबुकको टाइमलाइनमा पक्कै यो गीत सेयर गर्थिन् । म्युजिक भिडियो सेयर गर्ने प्रियंकाले आफू खेलेको फिल्मको गीत सेयर नगर्ने कुरै आउँदैन ।

प्रमोद अग्रहरीसँगको अन्तरंग दृश्यले भरमार ‘रातका कुरा’मा धेरैका लागि उनले हद पार गरेकी छन् । यो गीतलाई लिएर प्रियंका र आयुष्मान दुवैलाई उडाउने काम भइरहेको छ । यतिसम्म त ठीकै थियो तर गीतको केही अंश पोर्न हबमा पनि भेटिएपछि गीतको चर्चा सेलाउने छाँट छैन ।

प्रियंका कार्की सर्च गर्दा प्रियंकाको यो भिडियो देखिन्छ । कहिले केले त कहिले केले अप्ठ्यारो पार्ने प्रियंकालाई यो चोटि भने गीतैले अप्ठ्यारो पारेको छ । यही फिल्मले आयुष्मान भेटायो तर यही फिल्मले तनाब पनि दिइराखेको छ । यस्तोमा प्रियंका खुसी हुनु कि दुःखी ! 
 

Leave A Comment