ब्वाइफ्रेन्डसँग नाइट क्लब जान्छु

आइतबार, २० साउन २०७५, ०७ : ०० भोला अधिकारी
ब्वाइफ्रेन्डसँग नाइट क्लब जान्छु

रश्मि तामाङ

पछिल्लो समय ‘जुन खोलीको पानी उही खोलीको माछा’ बोलको गीतमा गरेको डान्सले दर्शकको मन जितेकी मोडल हुन् रश्मि तामाङ । हालसम्म उनले ८ सयभन्दा बढी गीतमा मोडलिङ गरिसकेकी  छन् । पछिल्लो समयकी महँगी मोडलका रुपमा चिनिएकी रश्मिले आफ्नो नाइट लाइफबारे शुक्रवारकर्मी भोला अधिकारीकारीसँग यसरी खुलिन्  

हरेक हप्ता नाइट क्लब जान्छु 
म हरेक हप्ताको शुक्रबार रेष्टुरेन्टतिर डिनर गर्न जान्छु । मुड चल्दा कहिलेकाहीँ साथीहरुलाई लिएर नाइट क्लब हिँडिहाल्छु । म कलाकार क्षेत्रको भन्दा पनि बाहिरका साथीहरुसँग बारतिर जाने गरेकी छु । एउटा केटीहरुको ग्रुप छ । त्यही ग्रुप मिल्यो जहाँ जान मन लाग्छ त्यहीँ गयो । जिन्दगी बिन्दास पाराले चलाउने हो । फेरि बिन्दास भनेर जे पायो त्यही गरेर भने होइन । 

अल्कोहल हल्का पिउँछाै‌ं
नाइटमा मदिरा पिउन मज्जा आउँछ । जति पियो उति मज्जा हो नाइट लाइफ । तर मातेर लड्ने गरी भने खाएकी छैन, ज्यानले धानेसम्म भने पिउने गरेकी छु । साथीहरु पनि मजस्तै गरी पिउँछन् । 
अरूले पिएर लडेको देख्दा मज्जा लाग्छ 

नाइट क्लब जाँदा बाटोमा मान्छेहरु मातेर लडेको देख्दा मज्जा लाग्छ । आफूले भन्दा अरूले गरेको उपद्रो हेर्न मन पर्छ । मेरो अहिलेसम्म झगडा परेको छैन । म कसैसँग झगडा गर्दिन कसैले मसँग ग¥यो भने छोड्दा पनि छोड्दिन । 

नाइट क्लबमा झगडा 
एकपटक दरबारमार्गको एउटा नाइट क्लबमा छिरेका थियौँ । सबैजना रक्सीले मातेर झ्याप भएका थिए । तर मान्छे नचिन्ने गरी भने होइन । रक्सीको तालमा सबै नाचिरहेका थिए, म पनि नाचिरहेकी थिएँ । मेरी साथी नाच्दानाच्दै एउटासँग ठोक्किन पुगि छ । अर्को त्यहीँ आएको मान्छेले उसँग निहुँ खोजेपछि हिल भएको चप्पल लगाएकी थिई, त्यही हिल फुकालेर बजाउन थाली । सबै मान्छे त्यहाँ भेला भए, एकछिनमा बाउन्सरहरु आएर छुट्टयाए । 

ब्वाइफ्रेन्डसँग नि जान्छु 
बेला बखत म ब्वाइफ्रेन्डसँग नाइट क्लब जाने गरेकी छु । साथीहरुसँग जानु र आफ्नो ब्वाइफ्रेन्डसँग जानुमा धेरै फरक छ । साथीहरुसँग नाइट क्लब गएजस्तो ब्वाइफ्रेन्डसँग हुँदैन । सबैको आफ्नै तरिकाले रमाउने बानी हुन्छ, आफँैे इन्जोय गर्न जान्नु पर्छ । तर म ब्वाइफ्रेन्ड भन्दा साथीहरुसँग जान्छु । 
हामी एक अर्कामा विश्वास 

हामी नाइट हिँड्याँै भने उहाँले मलाई शंका गर्नु हुँदैन । यो भनेको दुवैबीचको विश्वास हो । उहाँले मलाई शंका गर्ने र उहाँ नाइट निस्कँदा मैले शंका गर्ने हो भने म बाहिर जान नै पाउने थिइनँ । मलाई डान्स गर्न जाउँ भन्ने मान्छेले के रोक्नुहुन्थ्यो र । पिउँदा अलिक बढी पिएँ भने या केहीँ भयो भने फोन गरेर बोलाउँछु । 

कलाकार भन्दा बाहिरी साथी घनिष्ठ
कलाकार क्षेत्रका भन्दा बाहिरका साथीहरु बढी छन् । कलाकारहरुसँग भने खासै गइँदैन । जाँदै नजाने भन्ने त होइन । आकलझुकलमा जान्छु । कहिलेकाहीँ सुटिङ सकिएपछि कहाँ जाने त भन्दा दोहोरी जाउँ न त फलानाकोमा भन्ने हुन्छ । कहिले बारतिर जाउँ न त भन्ने हुन्छ । तर आफू नाचेको कलाकारसँग भने अहिलेसम्म गएकी छैन । अहिलेसम्म नाइट क्लब जाउँ भन्ने आँट कसैले गरेका पनि छैेनन् । 

दरबारमार्गको बार राम्रो 

प्रायः दरबार मार्गको बारतिर छिर्छु । म जाने भनेको  आइ क्लब हो । अनि यहाँ त्यहाँ भन्ने हुँदैन । कहिले डेजा भु जान्छु । कहिले काहीँ दोहोरीसाँझतिर पनि जान्छु । परिवारसँग दोहोरीसाँझ जान मन पर्छ ।  नाइट क्लबमा जाँदा कसरी आफूलाई मनोरञ्जन लिन सकिन्छ त्यही गर्ने हो । कति बज्छ भन्ने नै हुँदैन । नाच्दानाच्दै २,३ पनि बज्न सक्छ । यति नै भन्ने हुँदैन । परिवार लिएर गएँ भने गजलबारतिर छिर्छु । आफन्तसँग आउँदा हाम्रो उदय सोताङ, मलिना सोताङको ‘मधुशाला’ तिर जाने गर्छु । 

काठमाडौंमा भएका बेला कम्तीमा महिनामा दुई पटकसम्म त क्लब गएकै हुन्छु  । मुड चल्यो भने हप्तामा २,३ पटक नै क्लब होस् या दोहोरीसाँझ हिँडि हाल्छु । नाइट लाइफको मज्जै छुट्टै हुन्छ । अब मान्छेले भन्छन् नि डान्सबार यस्तो, बार यस्तो, गजलबार यस्तो जब त्यसो भन्ने मान्छे त्यहाँ जान्छ नि अनि आफँै भन्छ कि यो ठाउँ त राम्रो रहेछ । त्यो त त्यहाँ गएर रमाउनेलाई मात्रै थाहा हुन्छ । 
क्लबमा प्रायः फिल्मी कलाकार

नाइट क्लबमा प्रायः चलचित्रका कलाकारहरु देखिरहेको हुन्छु । हिरोइनहरु पनि आएका हुन्छ्न् । तर म उनीहरुसँग बोल्दिन । क्लबमा उनीहरु हामीसँग त्यति घुलमिल हुन चाहँदैनन् । यो लोक गीतमा मोडलिङ गर्ने भनेर अलिक राम्रो मान्दैेनन् । त्यसैले मलाई उनीहरु खासै मन पर्दैन । नाइट क्लबमा जाँदा एक दुईपटक फिल्ममा खेल्न अफर पनि आएको थियो । तर मलाई त्यो फिल्म क्षेत्र मन पर्दैन । उनीहरुलाई लोक गीत गीत मन पर्दैन भने मलाई चलचित्र मन पर्दैन । 

विदेशको नाइट क्लब र नेपालकोमा फरक

म हङकङ जाँदा यताबाट जाने कलाकार सबै गएका थियाै‌ं । त्यहाँ जाँदा प्रताप लामा, प्रीति आले , राजु ढकाल लगायत कलाकारहरु नाइट क्लब गएका थियौँ । आयोजकका २ जना दिदीहरु पनि जानु भएको थियो । आजभन्दा ३ वर्ष अघिको कुरा हो । धेरै इन्जोय गरियो । पैसा उठाउँछन् भन्ने सुन्नु भएको भए त्यो गलत हो । किनभने त्यहाँ जति खाइन्छ त्यति नै तिर्ने हो । बेल्जियम जाँदा नि गएको छु । 
उता खाएर झगडा गर्ने भन्ने हुँदैन । सेक्रेटरी हेर्दै डर लाग्दो हँुदोरहेछ  । 
सेक्सका कुरा 

अब नाइट क्लब भन्ने बित्तिकै मान्छेले यस्तै कुरो सोचिहाल्छन् तर त्यहाँ त्यस्तो हुँदैन । कसैले छोरी लिएर आएको हुन्छ । कसैले श्रीमती लिएर आएको हुन्छ । कतिपय केटीहरुले ब्वाइफ्रेन्ड लिएर आएका हुन्छन् । फाल्तु मान्छे नै हुँदैनन् । सेक्सका कुरा त्यस्तो ठाउँमा हुँदैन जस्तो लाग्छ । अर्को कुरा आफूमा पनि भर पर्ने हो ।  मान्छेले भोगेपछि वा देखेपछि मात्र थााहा पाउँछ । मेरा लागि त नाइट क्लब सामान्य हो । म नाइट क्लब जान्छु, दोहोरीसाँझ जान्छु, डान्सबार जान्छुभन्दा कुनै नौलो कुरै भएन ।  

  
 

Leave A Comment