काइलीको जन्मदिन बाथरुममा

आइतबार, २७ साउन २०७५, ०७ : ०५ शुक्रवार
काइलीको जन्मदिन बाथरुममा

कार्दसियन दिदीबहिनीका ‘हाफ सिस्टर’मध्ये एक काइली क्रिस्टिन जेनरले आफ्नो जन्मदिन बाथरुममा मनाएको तस्बिर सामाजिक सञ्जाल इन्स्टाग्राममा पोस्ट गरेकी छन् । आफ्नै नामको सौैन्दर्य प्रशोधन सामाग्री निर्माता कम्पनी ‘काइली कस्मेटिक्स’की सञ्चालिका उनको आधिकारिक जन्मदिन भने अगस्ट १० भए पनि उनलाई एक साताअघि नै जन्मदिनको पार्टी दिन थालिएको छ ।

काइली कस्मेटिक्सले नयाँ कस्मेटिक्स कलेक्सनको नयाँ लाइन छिट्टै बजारमा ल्याउँदैछ । उनको कम्पनीका सौन्दर्यविद्हरूले अनेकौं सौन्दर्य प्रसाधन सामग्री हालिएका ब्यालुनहरूले भरिएको बाथटबमा कालो स्पोर्टिङ ब्रा, घुँडासम्मको स्टकिङलगायत समेत राखेर ‘बर्थडे कलेक्सन’ मार्केटिङ गर्ने योजना बनाएको छ । उनले इन्स्टाग्राममा तस्बिरसँगै ‘महिनाभर नै जन्मदिन मनाउने मुड’ भन्दै पोस्ट गरेकी छन् ।

प्रसिद्ध फोटोग्राफर ब्रेन्डन फोब्र्सले उतारेको उनको तस्बिर ‘बर्थडे कलेक्सन’ मा राखिने पनि उनले उल्लेख गरेकी छन् । 

Leave A Comment