ग्रान्डे र निकीको प्रतिस्पर्धा

आइतबार, २७ साउन २०७५, ०७ : ०७ शुक्रवार
ग्रान्डे र निकीको प्रतिस्पर्धा

हलिउड, बलिउड र कलिउड (नेपाली फिल्मी जगत)मा प्रायशः नायक नायिका, गायक गायिकालगायत सेलिब्रेटीहरूबीच ‘कट थ्रोट’ प्रतिस्पर्धा रहन्छ । यस्तैमा निकै ‘बोलक्कड’ मानिने चर्चित अमेरिकी ¥यापर निकी मिनाजमाथि पनि यस्तै आरोप लागेको छ ।

उनको आगामी एल्बम ‘क्विन’को रिलिज मितिलाई लिएर उनीमाथि अस्वस्थ प्रतिस्पर्धाको आरोप लागेको छ । चार वर्षयता पहिलो स्टुडियो एल्बम पस्किन लागेकी निकीले गत बुधबार मात्र आफ्ना ‘बाब्र्ज’(निकीका प्रशंसकलाई दिइएको नाम) हरूलाई एल्बमका गीत सुन्न अझै एक साता धैर्य गर्न आग्रह गरेकी थिइन् ।

उनको आग्रहपछि एरियाना ग्रान्डेको एल्बम सार्वजनिक हुने मिति अर्थात््र अगस्ट १७ मा नै आफ्नो एल्बम लोकार्पण जुधाएको भन्दै सामाजिक सञ्जाल र सञ्चारमाध्यममा उनको आलोचना भयो । तर गीतमा महिलावादी छाडा शब्द वाण ‘¥याप’ गर्ने निकीले एउटी महिलाविरुद्ध अर्की महिला अस्वस्थ प्रतिस्पर्धामा उत्रन नसक्ने भन्दै सफाइ दिएकी छन् । त्यसमाथि पनि निकी र ग्रान्डे अन्तरंग मित्र पनि हुन् ।

दुवैले केही गीतमा सहकार्य गरिसकेका छन् भने यसै वर्षको सुरुमा हिट गीत ‘बेड’ र ‘द लाइट इज कमिङ’मा समेत दुवै जना सँगै देखिनुले पनि दुवैबीच प्रतिस्पर्धा नरहेको पुष्टि गर्छ । अगस्ट १७ मा ‘स्विटनर’ रिलिज गर्न लागेकी ग्रान्डेले हल्लाबारे प्रतिकृया दिँदै भनिन्, ‘प्रतिस्पर्धाको बकवासमा निकी र म मज्जाले हास्यौं ।’ 

Leave A Comment