श्रीमान्सँग फिल्म खेल्न मान्दिनन् ‘सिमरन’

आइतबार, २७ साउन २०७५, ०७ : ०९ शुक्रवार
श्रीमान्सँग फिल्म खेल्न मान्दिनन् ‘सिमरन’

९० को दशकमा लाखौं युवाको हृदयमा राज्य गरेको बलिउडी चरित्र ‘सिमरन’ निर्वाह गर्ने अभिनेत्रीले आफ्नो ४४ औं जन्मदिन मनाउँदैछिन् । ‘डिडिएलजे’ अर्थात् दिलवाले दुल्हनियाँ ले जाएंगेकी काजोलले अजय देवगनसँग विवाहपछि केही फिल्ममा अभिनय गरिन् । उनलाई अभिनय गराउन चाहने निर्देशकहरु अहिले पनि छन् । कहिले सलमान खानसँग र कहिले उनकै श्रीमान् देवगनसँग अभिनय गर्न उनलाई प्रस्ताव आइरहेको छ । तर उनले स्वीकार गरेकी छैनन् । 

प्रस्ताव स्वीकार नगर्नुको कारण स्क्रिप्ट नै आफ्ना लागि उपयुक्त नभएको उनले प्रतिक्रिया दिने गरेकी छन् । उपयुक्त स्क्रिप्ट पाए जो सुकैको अपोजिट पनि अभिनय  गर्न तयार रहेको बताउने उनले ‘दबंग ३’ मा सलमान खान, नाना पाटेकर, शाहरुख खानलगायत कास्ट रहेको ‘शक्तिः द पावर’ मा लिड रोलसमेत रिजेक्ट गरेकी थिइन् । उनले जति फिल्म अस्वीकार गरेकी छन्, त्यसको सूची बनाउने हो भने उनको नाम फिल्म अस्वीकार गर्ने नायिकाको रुपमा गिनिस बुक अफ वल्र्ड रेकर्डस्मै समावेश गर्नुपर्ने देखिन्छ । 

Leave A Comment