ब्रेकअपपछि घाटामा रणवीर

आइतबार, ०९ साउन २०७३, ०१ : ३२ शुक्रवार , Kathmandu
ब्रेकअपपछि घाटामा रणवीर

कट्रिनाको बलिउडमा १४ वर्ष लामो करिअर छ । जसमा आठ वर्ष उनी सलमान खानसँग सम्बन्धमा रहिन् भने छ वर्ष रणवीर कपुरसँग । गत जनवरीमा रणवीर र कट्रिना छुट्टिएका थिए । कट्रिनाले रणवीरसँग फेरि सम्बन्ध स्थापित गर्न कोसिस नगरेकी होइनन् तर रणवीर आफ्नो छुट्टिने निर्णयमा अटल रहे । तर, यस बे्रकअपले रणवीरलाई मानसिक र आर्थिक क्षति पु¥याएको छ ।

मुम्बई कार्टर रोडस्थित पेन्टहाउसमा रणवीर र कट्रिना सँगै बस्थे । त्यसको डिपोजिट अमाउन्ट रणवीरले भरेका थिए । महिनाको १५ लाख भारु भाडा पर्ने त्यस घरको इन्टेरियरका लागि कट्रिनाले साउथ अफ्रिका र अन्य ठाउँबाट सपिङ गरेकी थिइन् । त्यो खर्च पनि रणवीरले नै तिरेका थिए । इन्टेरियरमा मात्रै पाँच करोड खर्च गरिएको थियो । सुविधा र सजावटको अन्य खर्च बेहिसाब छ । सँगै बस्दा पेरिस, लन्डन, न्युयोर्कमा घुम्न जाँदाको खर्च पनि रणवीरले नै बेहोरेका थिए । कट्रिनाबाहेक उनका बहिनीलाई समेत रणवीरले बेलामौकामा हिरा, सुनका गरगहना र महँगा उपहार दिने गरेका थिए । सलमानसँग छुट्टिएपछि कट्रिनाले उनले उपहार दिएको महँगो कार बेचेकी थिइन् ।

 

Leave A Comment