करछली काण्डमा फ्यान

आइतबार, २७ साउन २०७५, ०७ : १० शुक्रवार
करछली काण्डमा फ्यान

हलिउडको एक्समेन सिरिजको फिल्म ‘एक्स–मेनः डेज अफ फ्युचर पास्ट’ की चिनियाँ अभिनेत्री फ्यान बिङविङ कर छलीमा मुछिएकी छन् । चीनकी सर्वाधिक महँगी फिल्म स्टार बिङबिङ करसम्बन्धी विवादपछि सबै सामाजिक सञ्जालबाट दुई महिनायता लोप भएकी छन् । अर्थात् हराएको व्यापक चर्चा छ ।

उनी करसम्बन्धी लफडामा नराम्ररी फँसेको विभिन्न सञ्चारमाध्यमले उल्लेख गरेका छन् । कर लफडाले उनलाई निकै तनाव दिएको बताइन्छ । ट्विटरजस्तै चिनियाँ माइक्रोब्लगिङ साइट बेइबोलगायत सामाजिक सञ्जालमा सक्रिय रहने उनी दुई महिनायता बेपत्ता भएपछि यस्तो अड्कल काटिएको हो ।

वेइबोमा ६ करोड २० लाख फलोअर रहेको बताइने उनले जुन २ पछि एउटै पनि पोस्ट गरेकी छैनन् । बेइबोमा उनको अन्तिम सक्रियता जुलाई २३ मा अरुका पोस्टमा गरिएको लाइक मात्र देखिन्छ । चिनियाँ सञ्चारमाध्यमले जुलाई १ मा संघाइको एउटा बाल अस्पतालमा गएपछि उनी सार्वजनिक रुपमा समेत नदेखिएको जनाएका छन् । 
 

Leave A Comment