एन्फाको बदमासी : फुटबल प्रशिक्षक देश निकाला

आइतबार, १० भदौ २०७५, ०३ : २८ शुक्रवार
एन्फाको बदमासी : फुटबल प्रशिक्षक देश निकाला

अखिल नेपाल फुटबल संघ (एन्फा) ले जापानी प्रशिक्षक ग्यातुकी कोजीलाई नेपालमा काम गर्ने अनुमति नै नलिई पर्यटन भिसामा नेपाल ल्याएर काम गराएको खुलेको छ । नेपालमा आएर काम गर्न रोजगार भिसा आवश्यक पर्छ । तर एन्फा अधिकारीले कोजीलाई पर्यटकीय भिषामा नेपाल ल्याएर नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षक बनाएको थियो । 

कोजीको नेपाल बसाइबारे अध्यागमन विभागले कारबाही अगाडि बढाएपछि एन्फाको यो बदमासीको पोल खुलेको हो । अध्यागमनले पर्यटन भिसामा आएर वर्क परमिटविना नै काम गरेको भन्दै उनलाई सन् २०१८ भरि नेपाल आउन नपाउने गरी नेपालबाट निकाला गरेको थियो ।

अध्यागमनले उनलाई नेपाल आउनै प्रतिबन्द लगाएपछि अहिले एन्फा अधिकारी उनको स्थानमा कसलाई प्रशिक्षक बनाउने भन्ने रणनीतिमा लागेको छ । कोजी अहिले पनि नेपाली फुटबल टोलीसँगै छन् । उनी एसियन प्रतियोगिताका लागि इन्डोनेसिया गएका हुन् । उनको करार अवधि भने नोभेम्बरसम्म थियो । तर नेपाल प्रवेशमा रोक लागेपछि अब उनी इन्डोनेसियाबाट जापान जानेछन् । 
 

Leave A Comment