महिनावारीमा यौन

आइतबार, १७ भदौ २०७५, ०६ : ५७ शुक्रवार
महिनावारीमा यौन

महिनावारी भएको समयमा अधिकांश महिलामा हर्मनको असन्तुलन र उतारचढाव हुन्छ । यो समयमा तनावसमेत बढ्छ । शारीरिक र मानसिक रुपमा समेत महिला सामान्य अवस्थामा जत्तिको सहबासका लागि तयार हुन्नन् ।

यो समयमा पाठेघर, योनि, स्तन र मस्तिष्कसमेत प्रभावित हुने र यौनाङ्गबाट विकार निस्कने गर्छ । यो क्रम महिनावारी भएको पहिलोदिनबाट पाँच दिनसम्म हुन्छ । त्यसैले महिनावारीको समयमा यौन सम्पर्क राख्दा पुरुषलाई त यौन सन्तुष्टि मिल्ला तर महिलालाई असहज हुन्छ । 

महिनावारी भएको समयमा महिलाहरु आवेसमा आउने, मानसिक तथा शारीरिक तनावमा हुन्छन् । स्तन दुख्नुका साथै पीडा पनि हुन्छ । महिनावारीको समयमा महिलाहरुको खासमा पेट दुख्ने तथा हात खुट्टा दुख्ने भएकाले सकेसम्म यो समयमा सम्बन्ध नराख्दा राम्रो । 

महिनावारीको समयमा एस्ट्रोजेन, प्रोजेष्टेरोन, ल्युटेनाइजिङ हर्मन र फोलिकल स्टिमुलेटिङ हर्मनको तलमाथि भैरहन्छ । महिलामा बढी यौन उत्तेजना भ्रुणाशयबाट भ्रुण निस्किँदाको समयमा हुन्छ । 
भु्रणाशयबाट भु्रण निस्किने भएकाले सामान्यतयाः महिनावरी भएको १७ औं दिनमा महिलामा बढी यौन उत्तेजना हुन्छ । महिनावारी भएको समयमा पनि यौन इच्छा हुन्छ । पार्टनर तयार भएको अवस्थामा सम्बन्ध हुन पनि सक्छ । तर सकेसम्म पाँच दिन पार्टनरबाट टाढिएको राम्रो । 

महिनावारीको समयमा महिलाको पाठेघरका रगतका स–साना नली फुट्छन्  । त्यसैले कतिपय अवस्थामा महिनावारी भएको समयमा महिलामा इन्फेक्सन हुने सम्भावना पनि हुन्छ ।  

त्यसैले सकेसम्म यो समयमा सम्बन्ध नराखे उत्तम । राख्नै पर्ने परिस्थिति बनेमा कण्डमको प्रयोग गरे उत्तम हुन्छ । यसले सम्भावित संक्रमणबाट जोगिन सकिन्छ ।

महिनावारीको समयमा पुरुष तयार भएको अवस्थामा मात्र महिला सहभागी हुने हो । कोही के हुने रहेछ भन्ने कुतुहलता मेट्न राजी हुन सक्छन् । कोही पार्टनरको इच्छा नमारौं भनेर सहमत हुन सक्छन् । तर महिला मानसिक रुपमा तयार हुँदैनन् । दुखाइ र दुर्गन्धका कारणले यो समयमा पाक क्रिडा सहज हुन्न । त्यसैले सहमतिमै सम्बन्ध भयो भने पनि सम्बन्ध सामान्य हुँदैन । 

महिनावारी भएको समयमा सम्बन्ध राख्दा महिलामा दुखाइको पीडा त छँदैछ मानसिक पीडासमेत थपिन सक्छ । यसमा सजग हुन जरुरी छ । 

महिला मानसिक रुपमा तयार रहेको अवस्था, वातावरण सहज बने सुरक्षित रुपमा सम्बन्ध राख्न सकिन्छ । यसमा लागि मानसिक र शारीरिक रुपमा तयार हुन भने आवश्यक छ । 

सामान्यतया महिनावारीको समयमा यौन सम्पर्क गर्दा गर्भ रहने सम्भावना भने कम हुन्छ । 

Leave A Comment