ज्वाइँ खोज्न आस्थाको गुहार

बिहिबार, २१ भदौ २०७५, ०५ : ४१ शुक्रवार
ज्वाइँ खोज्न आस्थाको गुहार

हिजोआज गायिका आस्था राउत सामाजिक सञ्जालमा खुबै सक्रिय देखिएकी छन् । विविध विषयमा उनी आफ्नो धारणा राखिरहन्छिन् । केही विवादमा तानिन्छन्, केही फुस्सै सेलाउँछ । यसै साता उनले आफ्नै बारेमा राखेको प्रतिक्रिया भने जम्यो । 

अविवाहित आस्थाले अहिलेसम्म आफू सिंगल भएको दाबी गर्दै आएकी छन् । हो या हैन उनी नै जानुन् तर शंकै गर्नुपर्ने गरी उनको पार्टनर पनि सार्वजनिक भने भएको छैन । लक्का जवान भइसक्दा पनि उनी सिंगल बस्दा भने उनैलाई आपत परेछ । उनी केटी नै हैन भन्नेसम्मको चर्चा सुरु भएपछि भने उनलाई थामिनसक्नु भएछ । त्यसैले उनले म केटी नै हुँ र मलाई केटा नै मनपर्छ भन्न फेसबुकमै लेखिन्, ‘मेरो ब्वाइफ्रेन्ड छैन भन्दैमा मलाई केटी हैन कहाँ भन्न पाइन्छ, आइएम, एन्ड आइ लाइक म्यान ।’


उनको स्टाटसमाथि रमाइला रमाइला प्रतिक्रिया आए । केही परिचितिको जिज्ञासा मेट्दै उनले ‘आस्थालाई केटी नै मनपर्छ भन्ने हल्ला भएकाले यस्तो लेखेको’ लेखिन् । एक प्रतिक्रियामा उनी लेख्छिन्, ‘दादा मलाई त बजारमा के के भन्न थालिसके ! ज्वाइँ खोज्नु प¥यो लौ न !’


पल हिराले प्रतिक्रियामा लेखेका छन्, ‘कति छिटो ब्रेकअप भएको ! मैले थाहा पाएर तीन विएफसँग ब्रेकअप भइसक्यो ।’
 

Leave A Comment