पहिले पछुतो, अहिले गर्व ?

बिहिबार, २१ भदौ २०७५, ०५ : ४६ शुक्रवार
पहिले पछुतो, अहिले गर्व ?

प्रियंका कार्कीको कुरा बुझिनसक्नु छ । हिजोका दिनसम्म उनलाई ‘कथा काठमाडौं’ खेलेकोमा खुबै पछुतो लागेजस्तो थियो । अझ इंगेजमेन्ट गरेलगत्तै सार्वजनिक फिल्मको गीतले नकारात्मक चर्चा मात्र होइन, पोर्न हबमा समेत स्थान बनाएपछि त प्रियंका निर्माण टिमसँग असन्तुष्ट हुनु स्वाभाविक पनि थियो ।

यही कारण उनले न फिल्मको पोस्टर सार्वजनिक गरिन् न आफूले अभिनय गरेको गीत । सामान्यतः प्रियंका आफू संलग्न हरेक चिज सामाजिक सञ्जालमा सेयर गर्छिन् । फिल्मको ‘रातका कुरा’ सेयर गरेकी थिइनन् र सबैको अनुमान त्यही थियो, प्रियंका फिल्म गरेकोमा पछुतो मानिरहेकी छन् ।

आइतबार फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा पनि प्रियंका नदेखिएपछि त सबको अनुमान सही साबित भएको थियो । अझ ट्रेलरमा पनि अन्तरंग दृश्य उसैगरी आएपछि प्रियंका ‘फायर’ नै हुनुपर्ने थियो । सोमबार भने उनको सामाजिक सञ्जालमा स्टाटस आयो– जहाँ उनले फिल्म गरेकोमा गर्व लागेको बताएकी छन् । उनले आफ्नो पोस्टमा यौन हिंसा पीडित युवतीको भूमिका निर्वाह गर्ने र त्यसलाई राम्ररी प्रस्तुत गरेकोमा टिमलाई धन्यवाद दिएकी छन् । यस्तै प्रशन्नता गीत आउँदा नै व्यक्त गरिदिएको भए धेरैको टाउको त दुख्दैनथ्यो कि ?

Leave A Comment