म्युजिकल्लीमा मख्ख रेखा

बिहिबार, २१ भदौ २०७५, ०६ : ०७ शुक्रवार
म्युजिकल्लीमा मख्ख रेखा

‘मेरा बाउले घिउ खाएका थिए, मेरो हात सुँघ’ भने जस्तै फुर्ती छ रेखा थापाको । अल्ली अगाडिसम्म उनका एकाध फिल्म हेर्न दर्शक आएका पनि थिए तर त्यो लगभग इतिहास भइसक्यो । पछिल्लो समय उनी अभिनित फिल्म ‘रामप्यारी’, ‘रुद्रप्रिया’हेर्न दर्शक ठ्याम्मै आएनन् ।

तर रेखालाई आफ्ना दिन गएको आभाष नै छैन । फेरि एक पटक नयाँ फिल्म लिएर आएकी छिन् । ‘मालिका’ शीर्षकको यो फिल्मको महिनौंअघि रेखाले गीत छाडिन् । तर गीतले अपेक्षित भ्युज पाएन । सोही समयमा छाडिएका अरुका गीतले लाखौं दर्शक पाए । रेखाले अरुले भ्युज किनेर संख्या बढाएको आरोप लगाइन् । उनको गीत दर्शकले चासो नदिएको उनलाई हेक्कै भएन । 


‘हल्का माया के माया’ बोलको यही गीत आजभोलि म्युजिकल्लीमा हिट छ । हर कोहीले यसको म्युजिकल्ली बनाएका छन् । र, रेखाको दैनिकी छ, यसरी बनेका म्युजिकल्ली सेयर गर्ने, बस्ने । अरुका गीतको भ्युज देख्दा डलर खर्चेर किनेको आरोप लगाएकी रेखालाई अब हामीले पनि पैसा तिरेर म्युजिकल्ली बनाएको भनेर भन्दिने ? 
 

Leave A Comment