गैंडा बचाउन टपलेस सग्डन

बिहिबार, २१ भदौ २०७५, ०६ : १० शुक्रवार
गैंडा बचाउन टपलेस सग्डन

हलिउड हुन् वा बलिउड सेलिब्रेटी विवादास्पद नै किन नहोस् चर्चामा आउने कुनै मौका गुमाउँदैनन् । त्यस्तै विवाद निम्त्याएकी छन् बेलायती ग्ल्यामरस मोडल रियान सग्डनले ।

दुर्लभ गैंडा बचाऊ अभियानका लागि भन्दै उनी टपलेस भइन् । बेलायती ट्याब्लोइड द सनको पेज थ्री मा यसअघि निर्वस्त्र मोडलिङ गरिसकेकी उनले अहिले भने लन्डनकै एउटा अन्डरवेयर ब्रान्ड हर्नीका लागि मोडलिङ गरेकी हुन् । ३१ वर्षीया ब्लन्डले मोडलिङ गरेको कम्पनी हर्नीले अन्डरवेयर बिक्रीबाट हुने नाफा गैंडा बचाऊ अभियानमा दिने बताएको छ ।

खैरो अन्डरवियरको धरो मात्र लगाएकी उनी निकै ग्ल्यामरस देखिएकी छन् । हातले छोप्ने प्रयास गरेको उनको सुडौल छाति उदांगो नै छ । यसअघि पनि उनले टेलिभिजन प्रस्तोता टेस डलीका पतिलाई सेक्सटिङ गरेको र सम्बन्ध राखेकोमा विवाद उत्पन्न भएपछि गत महिना डलीसँग माफी मागेकी थिइन् । 
 

Leave A Comment