निप्पल पेस्टीज खुस्कँदा कालोनीलो

बिहिबार, २१ भदौ २०७५, ०६ : २२ शुक्रवार
निप्पल पेस्टीज खुस्कँदा कालोनीलो

मोडल र्याचेल म्याक्कडले फिल्म प्रिमियरमा निप्पल पेस्टिज लगाएर अंग प्रदर्शन गर्दा अनुहार कालोनीलो पार्नु परेको छ । हलिउडको फिल्म ‘अल अबाउट द मनी’को पहिलो प्रदर्शनमा पुग्दा मोडल म्याक्कर्डलाई सञ्चारमाध्यमले जीवित सेन्सर बार त्यहाँ आइपुगेको टिप्पणी गरेका थिए ।

त्यसको कारण उनले पहिरिएको टिमिक्क कसिएको जेगिङ्ज (जिन्सको लेगिङ) र चम्किलो नेभी डस्टर कोट थियो । बटन खुला रहेको कोटभित्र भने उनले सर्ट वा टिसर्ट त के अन्तर्वस्त्रसमेत नलगाएर स्तनको अग्रभागमा झिनो फित्ते निप्पल पेस्टीज बाँधेकी थिइन् ।

फित्ताजस्तो पेस्टीजले उनका कसिला वक्षको भार थाम्न सकिरहेको थिएन । क्लच ब्याग बोकेर सनग्लास लगाएकी उनले एउटा मोटरसाइकलमा तस्बिरका लागि पोज दिँदा पेस्टिज तलतिर सरेर झण्डै टपलेस भएपछि उनको अनुहार कालोनीलो भएको थियो ।
 

Leave A Comment