मिडियालाई दोष

शुक्रबार, २९ भदौ २०७५, ०६ : ०७ शुक्रवार
मिडियालाई दोष

बोलीको ठेगान नहुने कलाकारमा रेखा थापा र भुवन केसी पहिलो नम्बरमा पर्छन् । आफ्नो स्वार्थ मिल्यो भने जे पनि ठीक, मिलेन भने जे पनि बेठीक । रेखा र भुवनले फेरि एक पटक यही चरितार्थ गरे । 

रेखाले केही दिनअघि दुई तीन वटा फिल्म खेल्नेलाई मेगास्टार भनेको आपत्ति जनाउँदै लेख लेखिन् । उनको सिधा प्रहार अनमोलमाथि थियो जुन बुझ्न भुवन केसीलाई गाह्रो भएन । त्यसैले भुवन केसीले रेखालाई तर्साउन आफूले बनाएको फिल्म नै रेखाको फिल्मसँग जुधाउने हल्ला चलाए । एउटा कार्यक्रममा दुवैले एक अर्कालाई  इग्नोर गरेको समाचार नै छ्यापछ्याप्ती आए  । 

तर आइतबार एउटा फिल्मको सोमा भेट भएका दुवैले आफूहरूबीच हार्दिक सम्बन्ध रहेको र मिडियाले मात्र आफूबीच फाटो गराएको आरोप लगाए । रेखाले भुवन केसीलाई महानायक भनिदिइन् भने जवाफमा भुवन केसीले पनि रेखा आफ्नो फेबरेट रहेको बताए । बोल्ने बेलामा विचार नगरी बोल्ने पछि कुरा बिग्रिएपछि मिडियालाई दोष दिने ? उल्लु बनाउन त कसैले रेखा र भुवनसँग सिकोस् !
 

Leave A Comment