रेफ्रीलाई घुस खुवाउन खोज्दा पक्राउ

शुक्रबार, ०५ असोज २०७५, ०७ : ०२ शुक्रवार
रेफ्रीलाई घुस खुवाउन खोज्दा पक्राउ

आफ्नो टोलीको पक्षमा निर्णय गराउन रेफ्रीलाई पैसा दिन खोजेको आरोपमा रुवान्डाका फुटबल अधिकारी पक्राउ परेका छन् । अफ्रिकी कप अफ नेसन्सको छनोट प्रतियोगिताको खेलमा घुसको अफर गरेको रेफ्रीको उजुरीका आधारमा रुवान्डाको फुटबल संघका महासचिव फ्रांकोइज रेगिस उवाऐजु र प्रतियोगिता निर्देशक इरिक रुहामिरिजा पक्राउ परेका हुन् । 


नामिबियाका रेफ्री ज्याक्सन पाभाजाले खेलको निर्णय प्रभावित पार्न पैसाको प्रस्ताव गरेको उजुरी गरेका हुन् । उनीहरुमाथि आइभरीकोस्टविरुद्ध भएको छनोट खेलमा आफ्नो टोलीलाई विजयी बनाउन रेफ्रीलाई पैसाको प्रस्ताव गरेको आरोप लागेको छ । 
 

Leave A Comment