मैदानमा राष्ट्रपति

शुक्रबार, ०५ असोज २०७५, ०७ : ०४ शुक्रवार
मैदानमा राष्ट्रपति

लाइबेरियाका राष्ट्रपति तथा पूर्व विश्व वर्ष खेलाडी जर्ज वेह आश्चर्यजनक रूपमा मैदानमा उत्रिए पनि खेल भने जिताउन सकेनन् । नाइजेरियाविरुद्धको अन्तर्राट्रिय मैत्रीपूर्ण खेलमा उनी आफ्नो देशको तर्फबाट मैदानमा उत्रिएका थिए । तर नाइजेरियाविरुद्ध २–१ को नतिजा आयो । 


खेल मोनरिभियामा भएको थियो । उनी जर्सी नम्बर १४ लगाएर मैदानमा उत्रिएका थिए ।  उनले १९९५ मा विश्व वर्षखेलाडीका साथै, युइएफए वर्ष खेलाडी र अफ्रिकन वर्ष खेलाडीको अवार्ड जितेका थिए । खेलजीवन छाडेर राजनीतिमा होमिएपछि उनले गत वर्षको निर्वाचनमा सर्वाधिक मत ल्याएर राष्ट्रपतिमा निर्वाचित भएका थिए । 
 

Leave A Comment