एडरका बुबा जेलमा

सोमबार, १० साउन २०७३, १२ : ४५ शुक्रवार , Kathmandu
एडरका बुबा जेलमा

पोर्चुगललाई पहिलोपल्ट युरो कपको उपाधि जिताउन फाइनलमा फ्रान्सविरुद्ध निर्णायक गोल गर्ने एडरले आफ्नो परिवारबारे एउटा तथ्य सार्वजनिक गरेका छन् । एक टेलिभिजन अन्तर्वार्ताको क्रममा एडरले आफ्ना बुबा हत्या अरोपमा जेलमा रहेको खुलासा गरेका हुन् । एडरका बुबा श्रीमती (एडरको सौतेनी आमा) को हत्या आरोपमा अहिले इंग्ल्यान्डको जेलमा छन् ।
‘मेरो बुबा अहिले जेलमा हुनुहुन्छ । म १२ वर्षको हुँदादेखि उहाँ जेलमा हुनुहुन्छ । मेरी सौतेनी आमाको ज्यान गयो, अनि बुबा उहाँकै हत्या आरोपमा जेलमा हुनुहुन्छ,’ एडरले भने, ‘मलाई लाग्छ– उहाँलाई १६ वर्षको जेल सजाय भएको हुनुपर्छ ।’
बेलाबेलामा आफू बुबालाई भेट्न इंग्ल्यान्ड जाने गरेको एडरले बताए । एडरका बुबा फिलोमेनो एन्टोनियो लोपेस सन् २००३ को अक्टोबरदेखि श्रीमती डोमिनग्यास ओलिभाइसको हत्या आरोपमा बेलायतको जेलमा छन् ।
एडरले फ्रान्सको पेरिसमा भएको फाइनलमा १ सय ९ औँ मिनेटमा गोल गर्दै पोर्चुगललाई युरो कपको उपाधि दिलाएका थिए । सन् १९८७ मा अफ्रिकी देश गिनी–बिसाउमा जन्मिएका एडरलाई जन्म दिने आमा–बुबाले पाल्न नसकेपछि पोर्चुगलका एक दम्पतीले धर्मपुत्रको रूपमा अपनाएका थिए ।

 

Leave A Comment