पूर्वी पहाड घुम्ने सिजन

आइतबार, ११ कार्तिक २०७५, ०५ : २७ शुक्रवार
पूर्वी पहाड घुम्ने सिजन

-गिरिराज बाँस्कोटा
 

हिउँद लागेसँगै आकाश खुल्न थालेको छ । निलाम्मे आकाश, छर्लङ हिमालले आहा ! बोध हुन्छ । चाडबाडको मुडमा  छ्याङ उघ्रिएको घमाइलो मौसम तथा मस्तहरियालीले मन लोभ्याउँछ । यो बेला पूर्वी पहाड घुम्ने सिजन हो ।


हिमाली, उच्च पहाडी र पहाडी शृंखलामा आकर्षक गन्तव्यहरु छन् । प्राकृतिक, साँस्कृतिक, धार्मिक महŒवका स्थानहरुमा हिउँदमा घुम्न रमाइलो मात्र हैन उपलब्धि महŒवपूर्ण हासिल हुन सक्छ । नेपाल–भारत सीमा क्षेत्रमा रहेका अग्ला होचा पहाड घुम्नका लागि रोचक छन् ।

पदयात्राका लागि पर्याप्त ठाउँहरु छन् । हिमाल आँखै अगाडि देखिन्छन् । पूर्व पहाडका इलाम, पाँचथर र ताप्लेजुङमा यस्ता पर्याप्त ठाउँ छन् । जसले आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षण गरेको पाइन्छ । पूर्वी पहाडका यी जिल्लामा हिउँदभरि घुम्नका लागि आकर्षक गन्तव्यहरु रहेको इलामका पर्यटनकर्मी हरि गुरुङ बताउँछन् । आनन्दसँग यी जिल्लाको विविधतायुक्त पर्यटकीय क्षेत्रमा रमाउन सकिने उनको भनाइ छ । राजमार्गका नजिकका गन्तव्यहरु सहज छन् । सडक पूर्वाधार कम भएका ठाउँहरुको लामो यात्रा रोमाञ्चक हुन्छ । कुमारी गन्तव्यहरु पर्याप्त रहेकाले घुमन्तेको रोजाइमा पर्ने गरेको गुरुङको अनुभव छ । तीन जिल्ला रेडपाण्डाका लागि महŒवका जिल्ला हुन् । अन्य वन्यजन्तु पाइन्छ ।

चिया, अलैंची, दुग्धजन्य उत्पादन यहाँका विशेषता हुन् । हिमाल, पोखरी, फराकिला फाँटहरु, धार्मिक आस्थाका केन्द्रहरु, सूर्योदयको दृश्य थप विशेषताका रुपमा रहेको पाइन्छ । खानपान र जीवनशैली आकर्षक छ । ग्रामीण पर्यटन उत्तिकै फलदायी हुने गुरुङ बताउँछन् । होम स्टेहरुको विकास भएका छन् । पर्यटन पूर्वाधार बन्दै गएका छन् । सिजनअनुसारका फूलहरु फुल्छन् । जैविक विविधताले धनी छन् । अध्ययन गर्न विदेशीहरु आउने गर्छन् । कञ्चनजंगा, कुम्भकर्ण, सगरमाथा, मकालुलगायतका हिमशृंखलामा रमाउन मिल्छ ।

इलाम उक्लिएपछि आँखा नथाकिञ्जेल घुम्न पाइन्छ । इलाम चियाका लागि प्रख्यात छ । कन्याम, फिक्कल, साखेजुङ लगायतका ठाउँ चियाले आकर्षक छन् । मेची राजमार्गबाट उकालो लागेपछि कन्यामा घुर्मिला पहाडमा चियाका बोटमा रमाउन रमाइलो मान्नेहरुको भीड देखिन्छ । तराईलगायका विभिन्न ठाउँबाट यहाँ भीड लाग्छ । श्री अन्तु उत्तिकै आकर्षक छ ।

सूर्योदय र सूर्यास्तको दृश्यका लागि चर्चित छ । बस्नलाई होम स्टे छ । लारुम्बा, माईपोखरी, गजुरमुखी, सानो पाथिभरा जस्ता धार्मिक महत्वका स्थल छन् । लारुम्बा किरात धर्मावलम्बीहरुको धार्मिक क्षेत्रको रुपमा रहेको छ । भारतसँग सीमा जोडिएको सन्दकपुरमा बर्सेनि ठूलो संख्यामा विदेशहरु आउँछन् । पशुपतिनगर, सिद्धिथुम्कालगायतका ठाउँ छन् । सूर्योदयको जिल्लाको रुपमा इलामलाई लिने गरिन्छ ।  भालुढुंगा, ढापा पोखरीजस्ता नयाँ गन्तव्यहरु विकास भएका छन् । नयाँ गन्तव्य बनाउनका लागि स्थानीयहरुको निकै ठूलो सक्रियता देखिन्छ । पूर्वका रानीको रुपमा इलामको परिचय छ । 

पाँचथर उक्लेपछि मध्यपहाड र उच्च पहाडी दृश्यहरु देखिन्छ । राँकेपुगेपछि पौवाभञ्ज्याङ, सिलौटी–लोब्रेकुटीले स्वागत गर्छ । सिलौटी र लोब्रेकुटीमा महागुरु फाल्गुनन्दको तपोभूमि हो । सिलौटीमा समाधिस्थल छ । यसले यहाँको महŒव बढाएको छ । नयाँ गन्तव्यको रुपमा साधटार चर्चित छ । अघिल्लो वर्षदेखि यो ठाउँ घुम्न आउनेको संख्यामा ह्वात्तै वृद्धि भएको छ । सडकले सुविधा थप्दै गएको देखिन्छ । किरात लिम्बू जातिसँग जोडिएका प्रशस्त किंवदन्ति भेटिन्छ । सांस्कृतिक पर्यटकका ठाउँहरु छन् । सन्दकपुरदेखि तिम्बुपोखरीसम्मका डाँडाहरु आकर्षक छन् ।

पदयात्रा गर्न निक्कै रमाइलो हुन्छ । पाँचथर र ताप्लेजुङको सिमानामा रहेको तिम्बु पाखेरीको महŒव बढ्दै गएको छ । नेपाल–भारतको सिमानामा रहेका अनेकन ठाउँहरु घुम्नलाई आकर्षक छन् । आँखै अघि हिमाल देखिनु महŒवपूर्ण पक्ष हो । चौरी डुल्ने लेकहरु सहज भएका घुम्न आकर्षक छन् । सडक सुविधाले गर्दा यी डाँडाहरुमा रमाउनेहरुको संख्यामा वृद्धि भइरहेको छ । चारराते, फालोट, चिवाभञ्ज्याङ, जोरपोखरी, आगेजुङ, मिक्लाजुङ, कुम्मायक–कुसायकलगायतका ठाउँहरु घुम्नलाई आकर्षक छन् । तितेमाछा, चौरीको छुर्पी, तोङ्बा सुकुटी यहाँको विशेषता हुन् । चाडबाड बनाउनुका साथै हिउँदमा रमाउने, खोज अनुसन्धान गर्न मिल्ने ठाउँहरु बिस्तारै चर्चित बन्दै गएको दीप ज्योति युवा क्लबका कार्यकारी निर्देशक सुनिल बान्तवा बताउँछन् । सडकलगायतका सुविधाले सहज भएको उनको बुझाइ छ ।

ताप्लेजुङको पाथिभरा पूर्वको चर्चित धार्मिकस्थल हो । यहाँ बर्सेनि एक लाखभन्दा बढी दर्शनार्थी आउने गरेका छन् । पाथिभरादेवीको दर्शनका लागि असोजदेखि पुसबाहेक जेठसम्म उपयुक्त हुन्छ । आँखै अघि हिमाल हेर्दै पाथिभराको दर्शन गर्न सकिन्छ । ताप्लेजुङको सुकेटारसम्म मेचीराजमार्गको कालोपत्रे सडक छ । यहाँदेखि तल्लो फेदिसम्म कच्ची सडक हिँडेपछि चार घण्टा पदयात्रा गर्नुपर्छ । समुद्र सतहदेखि ३ हजार ७  सय ९४ मिटरमा पाथिभरा रहेको छ ।

पाथिभरा मात्र हैन घुम्नलाई ताप्लेजुङमा पर्याप्त ठाउँहरु छन् । कञ्चनजंगा पदयात्रा रोचक छ । कञ्चनजंगा वेसक्याम्पसम्मको पदायात्रामा विदेशी धेरै हुन्छन् । पदयात्रा गर्न २२ दिन लाग्ने गर्छ । बाह्य पर्यटक धेरै आउने भए पनि स्वदेशीहरु पदयात्रामा आउने गरेको स्थानीय पेन्जो  लामा बताउँछन् । फुङफुङगे झरना, तोपेगोला, ओलाङचुङगोला, जलजले, दोभान, सुकेटार लगायतका ठाउँ छन् । पाथिभरा, सुकेटार, दोभानबाहेकका ठाउँहरु धेरै दिन लाग्ने गन्तव्य हुन् ।
हिउँद लाग्यो । मौसम खुल्या छ । आउनुस पूर्वी पहाड घुमाँै । 
 

Leave A Comment