‘ फर्निचरमा चाडपर्व लक्षित छुट छ’

सोमबार, १९ कार्तिक २०७५, ०५ : ३० शुक्रवार
‘ फर्निचरमा चाडपर्व लक्षित छुट छ’

झापाबाट अध्ययनका लागि काठमाडौं आएका देवराज मिश्र तीन दशकदेखि फर्निचर व्यवसायमा छन् । व्यवसायलाई परिस्कृत गर्दै इन्टेरियर डिजाइनसमेत सञ्चालन गरिरहेका मिश्र करुणा इन्टेरियर प्रालिका अध्यक्ष हुन् । फर्निचर व्यवसायमा लामो अनुभव भएका मिश्रसँग इन्टेरियर डिजाइन, फर्निचरको बजारलगायतका विषयमा शुक्रवारका लागि गरिएको कुराकानी :

कसरी यो व्यवसायमा आउनु भयो ?
एसएलसी पास भएपछि सर्टिफिकेट लेवल अध्ययनका लागि काठमाडौं आएँ । अध्ययन गरेर मात्र हुँदैनथ्यो । केही काम गर्नुपथ्र्यो । एकजना आफन्तसँग फर्निचर व्यवसायसँग नजिक भएर काम गरेँ । त्यसबाट मलाई फर्निचरले आकर्षित ग¥यो । २०४५ सालदेखि आफँै फर्निचर व्यवसाय सुरु गरेँ । 

के सेवा दिनुहुन्छ ?
इन्टेरेरियर डिजाइनलाई फोकस गरेर काम गर्दै आएका छौं । सबै प्रकारका फर्निचर, आल्मुनियमको पार्टेसन, किचन सेटअप गर्ने लगायतका सेवा दिन्छौं ।  निम्नदेखि उच्च वर्गीय परिवारलाई फोकस गरेर फर्निचर उत्पादन गरेका छौं । बाहिरको ब्रान्डेडभन्दा सस्तो हुन्छ । चीनबाट सस्तो लो क्वालिटीको छ त्योभन्दा केही महँगो छ । विदेशी फर्निचर एक दुई वर्ष मात्र टिकाउ हुन्छ । नेपाली उत्पादन न्यूनतम १५ वर्षसम्म टिकाउ हुन्छ ।

फर्निचरको गुणस्तर कस्तो छ ?
करुणाले स्वदेशमै फर्निचर उत्पादन र बिक्री गर्ने भएकाले गुणस्तरीय छन् । आयातितभन्दा स्वदेशी फर्निचर टिकाउ हुन्छन्  । फर्निचर हेन्डिक्राफ्ट जस्तै हो । धेरै काम हातले नै गर्ने भएकाले विदेशीभन्दा कष्ट महँगो हुन्छ । विदेशी ग्राहकले हाम्रो फर्निचर हेर्नुभयो भने एकै पटक मन पराएर खरिद गर्नुहुन्छ । धेरैको रोजाइमा स्वदेशी फर्निचर पर्न थालेको छ । 

नेपाली बजारमा विदेशी फर्निचरको हिस्सा ठूलो छ । किन विदेशबाट आयात भैरहेको छ ?

स्वदेशी फर्निचन उद्योगका लागि कच्चा पदार्थको रुपमा काठ प्रयोग हुन्छ । काठ खरिद प्रक्रिया झन्झटिलो र पर्याप्त काठ नहुँदा स्वदेशी उद्योगले बजार मागका आधारमा फर्निचर उत्पादन गर्ने कठिनाइले पनि विदेशबाट फर्निचर आयात भैरहेको छ । निजी व्यक्तिले खेतबारीमा रोपेका रुखलाई बेच्ने प्रक्रिया झन्झटिलो छ । त्यसैले व्यक्तिले रुख लगाउन छाडेका छन् । यसको असर फर्निचर व्यवसायमा परेको छ । 

प्रतिस्पर्धा कस्तो छ ?

प्रतिस्पर्धाले व्यवसायमा खारिने मौका मिल्छ । स्वस्थ प्रतिस्पर्धाले उपभोक्तालाई फाइदा पुग्छ । गुणस्तरहीन विदेशी फर्निचर निर्वाधरुपमा भित्रिएका छन् । पेपरलाई रिसाइक्लिङ गरेर लेमिनेट गरेर तयार गरेका विदेशी फर्निचरले उपभोक्तालाई झुक्काएका छन् । त्यो फर्निचर एउटा घर वा अफिसबाट अर्को ठाउँमा लैजाँदा डेमेज हुन्छ । विदेशी सबै मेसिनबाट बनाउने भएकाले झट्ट हेर्दा फिनिसिङ राम्रो हुन्छ । झिलिक्क देखिन्छ । नबुझ्ने मान्छेलाई हेर्दा राम्रो लाग्छ । यसले बजार बिगारेको छ । 

नयाँ घर तथा अफिस सेटअप गर्नेलाई सुझाव के छ ?

विगतमा फर्निचर पसलमा जाने जुन मनपर्यो त्यही उठाएर लैजाने प्रचलन थियो । अहिले यो परम्परा हटेको छ । नयाँ घर तथा अफिस सेटअप गर्दै हुनुहुन्छ भने इन्टेरियर डिजाइनरसँग परामर्श गर्नुहोस् । न्यून कष्टमा सेवा दिन्छौं । पहिला इन्टेरियर डिजाइनरले हेर्यो भने सामान नमिल्ने सम्भावना हुँदैन । इन्टेरियर डिजाइनले थ्रिडीमा सबै सेटअप देखाउँछ । इन्टेरियर डिजाइनरबाट डिजाइन गरेपछि आफूलाई मन पर्नेे डिजाइन हेर्ने । डिजाइन पहिलै हेर्न पाइन्छ ।

यहाँकोमा कष्टुमर किन आउने ?

हामीले गुणस्तरीय सामान उपलब्ध गराउछौँ । काठको फर्निचरमा हामीले लाइफ टाइम वारेन्टी नै गरेका छौ । फर्निचर किनेर लगेपछि कुनै पनि समयमा समस्या आयो भने रिपेयरिङ, मेन्टिनेन्स गर्छौं । मूल्य र गुणस्तरमा ढुक्क भए हुन्छ । अहिले दसैंलाई लक्षित गरेर फर्निचरमा १५ प्रतिशतसम्म डिस्काउन्ट दिएका छौं । यो स्किम छठसम्म रहन्छ  । उपत्यकामा मात्र नभएर राजधानी बाहिर पनि सामान सप्लाई गर्छौँ ।

बजार कस्तो छ ?

सबैले आफ्नो घर तथा अफिसका सेटअप आकर्षक बनाउन चाहन्छन् । त्यसैले इन्टेरियर डिजाइनको बजार बढ्दो क्रममा रहेको छ । गुणस्तरहीन विदेशी फर्निचर र सस्ता सामानसँग प्रतिस्पर्धा गर्नुपर्ने चुनौती छ । पहिलाजस्तो जुन सामान राखेको छ त्यही उठाएर लैजाने चलन कम छ । तर अहिले तयार गरेका भन्दा पनि आफँैले डिजाइन गराएर लैजाने चलन छ । प्रयोगकर्ता पनि कन्सियस भएका छन् ।

फर्निचर उद्योगले कस्ता समस्या झेलिरहेका छन् ?

यो उद्योगमा जनशक्ति समस्या हो । सिकर्मी पाउन कठिन छ । नयाँलाई सिकाएर काम लगाउँदै आएका छौं । सरकारले प्राविधिक जनशक्ति उत्पादन गर्नुपर्छ । टेक्निकल विषयमा कार्पेन्टर सिकाउनु प¥यो । 

नयाँ योजना के छ ?

स्वदेशी मोडुलर फर्निचर उत्पादन गर्ने योजना छ । आल्मुनियम फेब्रिकेसनको काम गरेका छौं । इन्टेरियर डिजाइनमा ग्राहकलाई सुलभ रुपमा  छिटोछरितो सेवा दिने योजना छ ।

Leave A Comment