पोर्नमाथि सरकारी फन्दा

शुक्रबार, ३० कार्तिक २०७५, ०४ : १८ शुक्रवार
पोर्नमाथि सरकारी फन्दा

१. तपाईंले कहिल्यै पोर्न भिडियो हेर्नुभएको छ ?
२. तपाईंले पहिलो पटक कहिले र कुन उमेरमा पोर्न भिडियो हेर्नुभएको थियो ?
३. तपाईं सातामा कति पटक पोर्न साइटमा जानुहुन्छ ?

यी प्रश्न सामान्य भए पनि यसलाई खुलेर सायदै कसैले जवाफ देला ! त्यसो त कोही आफूलाई ‘बोल्ड’ ठान्नेहरुले सुरुका दुई प्रश्नको जवाफ देला पनि तर तेस्रो प्रश्नसम्म आइपुग्दा जवाफ दिन ‘बोल्ड’ ठान्नेहरुले पनि अन्कनाउने नै छन् ।

यी प्रश्नका जवाफ भलै कसैले खुलस्त नबताउला तर जब पोर्न साइटमा प्रतिबन्ध लगाउने कुरा निस्कन्छ, कयौँको अनुहारमा निराशाको भाव झल्कन्छ ।

हालै भारतको दूरसञ्चार विभागले देशभरिका इन्टरनेट सेवा उपलब्ध गराउने सम्पूर्ण सेवा प्रदायकलाई ८२७ वटा पोर्न वेबसाइटलाई ब्लक गर्ने आदेश दिएको छ ।

गएको महिना उत्तराखण्ड उच्च न्यायालयले देशमा पोर्न साइटका कारण बलात्कार घटना बढेको भन्दै साइटहरुलाई बन्द गर्ने आदेश दिएको थियो । अदालतमा एउटा सुनुवाईका कारण अभियुक्तले बलात्कारअघि पोर्न भिडियो हेर्ने गरेको बताएको थियो ।

यसपछि दूरसञ्चार विभागले यस आदेशपछि पोर्नहबसहित कयौँ लोकप्रिय पोर्न साइटलाई भारतमा बन्द गर्न आदेश दिएको थियो । यसलगत्तै सामाजिक सञ्जालमा ह्यासट्याग–पोर्नब्यानमा प्रतिक्रियाहरु आउन थालेका थिए ।

कति हेरिन्छ पोर्न ?
सोसल मिडियाको टिप्पणीबाट नै प्रतिबन्धले धेरैलाई असर पारेको स्पष्ट बुझिन्थ्यो । नेपालमा पनि निर्मला हत्याकाण्डपछि अश्लील वेबसाइटमा प्रतिबन्ध लगाइएको छ । सो घोषणापछि कयौँले अनलाइन स्ट्रिमिङ बन्द गरिए पनि टोरन्ट साइटहरुबाट त्यसको घाटा पूर्ति गर्ने भनी टिप्पणी गरेका थिए । यस्ता टिप्पणीबाटै थाहा हुन्छ, पोर्न वेबसाइट प्रतिबन्ध गरिँदा यसलाई रुचाउनेहरु कति प्रभावित हुन्छन् !

यस्तोमा प्रश्न के उठ्छ भने के सरकारले पोर्न वेबसाइटलाई वास्तविक रुपमै रोक लगाउन सक्छ त ? सन् २०१५ मा पनि सरकारले सुप्रिम कोर्टको आदेशपछि लगभग ८५० पोर्न वेबसाइटलाई ब्लक गरेको थियो ।
तर केही समयपछि नै कयौँ नयाँ वेबसाइटहरु उपलब्ध हुन थाले । खासगरी मोबाइल डाटालाई ध्यानमा राख्दै नयाँ–नयाँ वेबसाइट खुलेका थिए ।

चर्चित पोर्न साइट पोर्नहबले गरेको एउटा सर्भेमा सन्२०१७ मा भारतमा पोर्न भिडियो हेर्नेहरुको संख्या ७५ प्रतिशतले वृद्धि भएको थियो । यसको सबैभन्दा ठूलो कारण मोबाइल डाटा अति सस्तो हुनु कारक रहेको बताइएको थियो । संसारकै तुलना गर्ने हो भने भारत पोर्न हेर्ने मामिलामा तेस्रो ठूलो देश हो । सन् २०१४ सम्म भारत पाँचाँै स्थानमा थियो ।

जब कुनै क्षेत्रमा कुनै चिजको अति बढी माग हुन्छ भने त्यसलाई प्रतिबन्ध लगाउनु अति गाह्रो हुन्छ । यस्तै अवस्था भारतमा पोर्नका बारेमा पनि भन्न सकिन्छ ।

भारतमा पोर्न साइट नियन्त्रण गर्ने कुनै खास कानुन छ त ? साइबर मामिला विशेषज्ञ पवन दुग्गल भन्छन्, ‘भारतमा हाल पोर्न नियन्त्रण गर्ने कुनै विशेष कानुन छैन ।’

तर सूचना प्राद्यौगिकी कानुन अन्तर्गत अश्लील सामग्री प्रकाशन–प्रसारण गर्नु गैरकानुनी मानिन्छ र यसका लागि प्रकाशन–प्रसारण गर्ने व्यक्तिलाई पाँच वर्षको जेल र तीन लाख रुपैयाँ जरिवाना हुन्छ ।
सबैभन्दा ठूलो समस्या भनेको कुन कन्टेन्टलाई अश्लील भन्ने र कुनलाई नभन्नेमा छ । फेरि कुन सामग्रीले कसको मस्तिष्कलाई कस्तो असर पार्छ भन्ने ठोस रुपमा भन्न गाह्रो छ ।

पवन भन्छन्, ‘अश्लील सामग्रीमा भिडियो मात्र हुँदैन । तस्बिर, स्केच, शब्द र अडियो पनि हुन्छ । यता चाइल्ड पोर्नोग्राफीमा भने त्यस्ता सामग्री हेर्नु पनि गैरकानुनी मानिएको छ ।

पोर्न हाम्रो शरीरलाई पार्ने असर
कुनै सामग्रीले कसैलाई कस्तो असर पर्छ भन्नेबारेमा खासै अध्ययन हुन सकेको छैन । त्यसैले पनि अश्लील सामग्री हेरेबापत यति यति सजाय हुने भनेर कानुनका किताबमा स्पष्ट किटान गर्न गाह्रो छ ।

यस्तोमा पोर्न हेर्दा हाम्रो शरीरमा कस्तो असर पर्छ भन्ने ठूलो प्रश्नचिह्न उभिने गरेको छ । सेक्सोलजिस्ट विनोद रैना भन्छन्, ‘जुन देशमा सेक्स एजुकेसनका नाममा केही पनि बताइँदैन, त्यस्तो देशमा मानिससँग पोर्न मात्र एउटा विकल्प बाँकी रहन्छ ।’

‘पोर्नका फाइदा र घाटा दुवै छन्,’ उनी भन्छन्, ‘फाइदा यस कारण कि हाम्रो देशमा सेक्स वर्जित चिज छ । त्यसैले सेक्स एजुकेसनका नाममा पोर्नमार्फत् धेरै कुरा सिक्छन् । घाटा यस कारणले कि, पोर्नमा उचित जानकारीको अभाव हुने हुनाले त्यहाँ देखाइएका सबै कुराबाट प्रेरित भएर गलत धारणा पाल्छन् ।’

वयस्कले पोर्न हेरे उनीहरुलाई रोक्न नहुने विनोदको धारणा छ । उनी भन्छन्, ‘हाम्रो देशमा कामसूत्र लेखियो, खजुराहोको मन्दिरमा सेक्ससँग जोडिएका दृश्य अंकित छन् । यस्तोमा हामी ती वेबसाइटलाई कति नियन्त्रण गर्न सकौँला ! कसैले पोर्न हेरेकै कारणले बलात्कार गरिरहेको छ भने सबैभन्दा पहिला सरकारले लागू पदार्थसँग जोडिएका सबै वस्तुलाई प्रतिबन्धित गर्नुपर्छ । बलात्कारको प्रमुख कारण पोर्न होइन, लागू पदार्थको उपयोग हो ।’

पोर्न नियन्त्रण सम्भव छ ?
पोर्न वेबसाइट प्रतिबन्धित गर्ने कुरा बजारमा हल्ला चल्नेबित्तिकै पोर्नहबले आफ्नो नयाँ वेबसाइट भारतीय दर्शकका लागि तयार पारिदियो । उसले यसबारे आफ्नो आधिकारिक ट्वीटरबाट जानकारी दिएको थियो ।
पोर्नहब मात्र होइन, अन्य वेबसाइटले प्रतिबन्ध लाग्नेबित्तिकै पोर्न सामग्री उपलब्ध गराउने अन्य विकल्पहरु देखाइदिए ।

वन दुग्गल भन्छन्, ‘भारतमा उपलब्ध हुने अधिकांश पोर्न साइट विदेशी हुन्छन् । यस्ता विदेशी साइटलाई भारतीय कानुनअन्तर्गत पर्दैनन् । कुनै वेबसाइट प्रतिबन्ध लगाइयो भने पनि इन्टरनेटको सञ्जाल यति वृहद् र विस्तृत छ कि यसलाई कसैले सीमामा बाँध्न सक्तैन । यही कारण पोर्न वेबसाइट प्रतिबन्ध भएपछि पुनः केही फेरबदलका साथ उपलब्ध भइहाल्छ ।’

साइबर विशेषज्ञ पवन दुग्गल र सेक्सोलजिस्ट विनोद रैना दुवैको धारणामा भारतजस्तो ठूलो लोकतन्त्रमा इन्टरनेटमा कुनै सामग्री नियन्त्रण गर्नु लगभग असम्भव नै छ ।

उसो भए यसको समाधान के हुनुपर्छ त ? दुवै विशेषज्ञ भन्छन्, ‘यसका लागि सर्वसाधारणमा जागरुकता हुनुपर्छ ।’ विनोद रैना भन्छन्, ‘स्कुले पाठ्यक्रममा ६ कक्षापछि नै सेक्ससँग जोडिएका विषय पढाइनुपर्छ । यसले विद्यार्थीहरु गलत बाटोमा नजाने र उचित जानकारी जुटाउन सक्नेछन् ।’

पवन दुग्गल भन्छन्, ‘सर्वसाधारणलाई जागरुक गर्दै कमभन्दा कम पोर्नोग्राफिक वेबसाइटमा जान प्रेरित गर्नुपर्छ किनभने त्यस्ता साइटमा यस्ता धेरै लिङ्क हुन्छन्, जसले ठगी गर्ने सम्भावना धेरै हुन्छ । पोर्न हेर्ने बानी परेका अधिकांश ठगीमा पर्ने गरेका छन् ।’

समग्रमा यही भन्न सकिन्छ, यस किसिमका प्रतिबन्ध बेलामौकामा लागिरहन्छन् तर पोर्नमाथि सरकारी फन्दा सधैँका लागि कस्न त गाह्रै छ !

मोबाइलमा पोर्न हेर्नुहुन्छ ?
मोबाइलमा पोर्नोग्राफी हेर्नेको संख्या अर्बौं छ । मोबाइल इन्टरनेट विस्तारसँगै पोर्नोग्राफी अब निजी मामिला बनिसक्यो । तपाईंले जहाँसुकै, जहिल्यै यस्ता भिडियो हेर्नुहोस्, कसैले पत्तोसमेत पाउने छैनन् ।
पत्तो पाउनेले भने पाउँछन् । तपाईंको मोबाइल सेवा अपरेटर, एप डाउनलोड गर्ने र तपार्इंले चलाउने ब्राउजरमाथि दृष्टि राख्ने हरकोहीले तपाईंको ‘गोप्य’ गतिविधि पत्तो पाइरहेका हुन्छन् ।

त्यसैले पोर्न हेर्नु भनेको तपाईंको सुरक्षा र निजताको खुलासा पनि हो । यसलाई नदेखेझैँ गर्नु हानिकारक हुनसक्छ ।

तपाईंको अनलाइन आदतलाई कयौँ कम्पनीले ट्र्याक गरिरहेका हुन्छन् । तिनको ट्र्याकिङको सहयोगले कम्पनीले कस्ता विज्ञापन गरेर तपाईंलाई लोभ्याउन सक्छन् भनी विश्लेषण गरिन्छ । 

तपाईंको पोर्न हेराइको शैलीबारे कसैले जानकारी पाइरहेको छ भने त्यसले तपाईंलाई ठूलो समस्यामा पार्न सक्छ । प्राइभेट ब्राउजिङ या कुकिज डिलिट गरेर तपाईं अनलाइन ट्र्याकिङबाट बच्न सक्नुहुन्छ ।
सन् २०१५ ताका एस्लेमेडिसन नामक वेबसाइटको डाटा लिक भएको थियो र त्यो वेबसाइटमा को को नियमित जान्थे भन्ने खुलासा भएको थियो । जसमध्ये केही नेपाली र भारतीयको नामसमेत खुलासा भएको थियो । भारतमा त कतिपयले आत्महत्यासमेत गरेको समाचार प्रकाशित भएका थिए । केहीले ब्ल्याकमेलिङसमेत झेल्नु परेको थियो ।

जो मानिस पोर्न हेर्नका लागि पैसासमेत तिर्न राजी हुन्छन्, त्यस्ता मानिसमाथि इन्टरनेटका गुण्डाहरुको नजर पर्नु स्वाभाविक पनि हो । कुनै नचिनेको वेबसाइटमा तपाईंले आफ्नो क्रेडिट कार्डको सम्पूर्ण विवरण खुलाउनु भयो भने त्यस्ता जानकारीलाई तिनले कसरी दुरुपयोग गर्लान् भन्ने तपाईंले कल्पनासमेत गर्न सक्नुहुन्न ।

कहिलेकाहीँ यस्ता वेबसाइटमा जाँदा नचिनेका फाइलहरु तपाईंको कम्प्युटरमा डाउनलोड हुन पुग्छ र त्यसले तपाईंको कम्प्युटरलाई लक गरिदिन सक्छ । यसपछि त तिनलाई पैसा दिएपछि मात्र कम्प्युटरको पासवर्ड तपाईंले पाउनुहुन्छ । यस किसिमको ब्ल्याकमेलको शैलीलाई ¥यानसमवेयर भनिन्छ ।
केही देशमा चाइल्ड पोर्नोग्राफीका विरुद्ध कडा कानुन बनेका छन् । तपाईंके कम्प्युटरमा चाइल्ड पोर्नोग्राफीका फाइल भेटिए तपाईं समस्यामा पर्न सक्नुहुन्छ ।

तपाईंलाई थाहै नभई, ह्याकरहरुले चाइल्ड पोर्नोग्राफीका भिडियो तपाईंका कम्प्युटरमा एउटा भाइरस पठाई स्टोर गर्न सक्छन् । यस्तो भयो भने जुन समस्या तपाईंले झेल्नुहुन्छ, त्यसको कुनै उपाय नै छैन ।
 

Leave A Comment