सुस्मिताको कान्छो प्रेमी

आइतबार, ०२ मङि्सर २०७५, ०४ : ०९ शुक्रवार
सुस्मिताको कान्छो प्रेमी

बलिउड अभिनेत्री सुस्मिता सेन आफूभन्दा कान्छो उमेरको युवाको प्रेममा परेकी छन् । उनी रोहमन शलसँगै देखिएपछि दुवै बीचको अफेयरबारे हल्ला चलेको थियो । यी दुवैले विवाह गर्ने चर्चा चुलिएपछि सुस्मिता आफैंले आफू प्रेममा रहेको तर तत्काल विवाह गर्ने योजना नभएको बताएपछि दुवैको अफेयर्सको पुष्टि भएको हो ।

उनले भिडियो जारी गर्दै बिहे गर्ने सबै बेकारका गसिप मात्र भएको र आफ्नो जीवनमा अहिले रोमान्स चलिरहेको बताएपछि उनको बिन्दास लाइफ स्टाइल अझै केही समय जारी रहने देखिएको छ ।
 

भाञ्जी लन्च गर्दै सलमान
बलिउड सुपरस्टार सलमान खानले निरन्तरजस्तै विभिन्न स्टारहरूका छोराछोरीलाई डेब्यु गराउँदै आएका छन् । यसैक्रममा अर्को नाम थपिएको छ, अतुल–अल्बिरा अग्निहोत्री पुुत्री अलिजेहको । उनलाई सलमानले सन् २०२० मा आउने फिल्मबाट बलिउडको रंगीन संसारमा प्रवेश गराउने तयारी गरिरहेको बताइन्छ । अलिजेहलाई सलमानले ‘दबंग–३’ बाटै पनि बलिउडमा उतार्न सक्ने अनुमान छ ।

सलमानकी भान्जी अलिजेहले फिल्म प्रवेशका लागि डान्स क्लाससहित तयारी गरिरहेकी छन् । सल्लुभाइले ज्वाइँ आयुष शर्मालाई फिल्म ‘लवयात्री’ बाट ब्रेक दिएका थिए । यसअघि उनले सोनाक्षी सिन्हा, डेजी साह, सुरज पन्चोली, अतिया सेट्टीजस्ता स्टार किड्सलाई डेब्यु गराइसकेका छन् ।
 

Leave A Comment