कर्भ सो गर्दै इग्गी

आइतबार, ०२ मङि्सर २०७५, ०४ : १५ शुक्रवार
कर्भ सो गर्दै इग्गी

शालिन मानिएकी गायिका इग्गी एजेलिया पनि अब आफ्ना ग्ल्यामरस कभ्र्स प्रदर्शनीमा उत्रेको आरोप लागेको छ । पुरस्कार समारोहलगायत विभिन्न इभेन्टमा दर्शक र सञ्चारमाध्यमको ध्यान तान्न तथा समाचारमा छाउने फन्डाका रुपमा उनले स्किन टाइट पहिरन लगाउने गरेको भन्दै आरोप लागेको हो ।

नभन्दै २८ वर्षीया अस्ट्रेलियाई र्यापर इग्गी आफ्नो ग्ल्यामर प्रदर्शन गर्ने कुनै पनि अवसर नचुकाउने गरेको सञ्चारमाध्यम उल्लेख गर्छन् । उनी कहिले लामो बाहुलाको टप र मिनी स्कर्टमा भित्तामा अडेस लाग्दै शारीरिक अवयव पस्कने गर्छिन् भने कहिले टाइट ट्यान पोसाकमा क्लिभेज दर्शनीय बनाउँछिन् । कहिले भने टाइट ट्यान पोसाकमा टाई लगाउँछिन् त कहिले सेतो टिसर्ट मात्र लगाएर कम्मरमुनि एउटा अन्डरवेयर मात्र पहिरिन्छिन् ।
 

स्कार्लेटको ग्ल्यामरस अवतार

हलिउड अभिनेत्री स्कार्लेट जोहान्सन पनि निकै ग्ल्यामरस अवतारमा प्रस्तुत भएकी छन् ।  फिमेल मुभी स्टार अफ २०१८ भएकी उनी गत आइतबार आयोजित इ–पिपुल्स च्वाइस अवार्ड समारोहमा बर्गन्डी पहिरनमा ३३ वर्षीया उनी आकर्षक मात्र होइन औधी ग्ल्यामरस स्वरुपमा प्रस्तुत हुँदा समारोहमा सबैका नजर उनीमाथि अडिएका थिए ।

क्लिभेज फ्ल्यास गर्दै समारोहमा उपस्थित उनले केही समयअघि रिलिज भएको फिल्म ‘एभेन्जर्सः द इन्फिनिटी वार’को चरित्र ब्ल्याक विडोका लागि अवार्ड पाएकी हुन् । 
 

Leave A Comment