नाइट ट्याक्सी  :  ‘पेसेन्जर नाङ्गिन थालेपछि ट्याक्सी छोडेर भागें'

बिहिबार, ०६ मङि्सर २०७५, ०७ : ०६ भोला अधिकारी
नाइट ट्याक्सी  :  ‘पेसेन्जर नाङ्गिन थालेपछि ट्याक्सी छोडेर भागें'

 

ट्याक्सी चालक : नवराज पन्त 

ट्याक्सी नम्बर बा १ ज ८१९२

हिरो बन्छु भन्दै ट्याक्सी चालक 
ट्याक्सी चलाएको १३ वर्ष जति भयो । काठमाडांैमा कि हिरो बन्छु, कि गाडी चालक बन्छु भन्ने सोचका साथ आएको थिएँ । हिरो बन्न सकिएन तर ट्याक्सी चालक भने पक्का बनियो । कलाकार र गाडी चालक बन्छु भन्नु मेरो एउटा कारण रहेको छ । फिल्ममा हिरो खेलेको भए वा खेल्न पाएको भए अरुको पैसामा मैले फिल्म खेल्न पाउथेँ । अरुकै पैसामा मोजमस्ती गर्न पाइन्थ्यो । फिल्मको हिरो बन्न नसकेपछि ट्याक्सी चालक बन्न सकेँ । 

खाद्य संस्थानमा जागिरे 
यो ट्याक्सी चलाउनुभन्दा अगाडि खाद्य संस्थानमा काम गर्थेँ । त्यो बेला मेरो तलब महिनाको तलब १८ सय थियो । त्यसले काठमाडौंमा सामान्य तरिकाले घर चलाउन सकिन्थ्यो । पछिपछि आफ्नो उद्देश्य पूरा गर्न ट्याक्सी किनेँ र ट्याक्सी चलाउन थालँे  । जागिरको अनुभव पनि गरियो । मलाई जागिरभन्दा आफ्नो ट्याक्सी चलाउनु नै ठिक लाग्यो । 

राति चढ्ने यात्रु इन्जोय गर्ने 
दिउँसो पनि ट्याक्सी चलाएँ, राति  पनि चलाएँ  । १३ वर्षको अवधिमा धेरै जसो राम्रै यात्रु मेरो ट्याक्सीमा चढेका छन् । नराम्रा कमै मात्र यात्रु मलाई फेला परेका छन् । एकपटक टंगालबाट ठिमी जाने भनेर एउटा यात्रु मेरो ट्याक्सीमा चढ्नु भो । त्यहाँ पुगेपछि एउटा घरमा पस्नुभएको १ घण्टासम्म बाहिर आउनु भएन ।  नआएपछि  म रित्तै ट्याक्सी लिएर फर्किएर आएको छु ।

मैले त्यो यात्रुलाई ठिमी पुर्याउँदा रातको १२, १ बजेको थियो । राति घर–घरमा खोज्न जाने कुरा पनि भएन । १५ सयको कुराकानीमा गएको थिएँ । 

एक दुई चोटी त्यस्तै त्यस्तै केटीहरु पनि चढेका छन् । मैले एयरपोर्टबाट चाबहिल जाने भन्ने कुरा गरिन । उनले दाइ मसँग पैसा छैन, म चाबहिल जानु पर्ने भनिन् । मैले ठिकै छ नि त म गौशालासम्म जाने हो । त्यहाँसम्म जाने हो भने भनेर मैले भनेँ । उनी ट्याक्सी चढिन् मैले अलिक अगाडि ट्याक्सी ल्याएपछि दाइ मैले केही पनि खाएकी छैन भन्ने कुरा गरिन् । 

दाइ चाउ चाउ खाने भनेर कुरा गरिन् । हुन्छ भनेर ५० रुपैयाँमा चाउ चाउ किनिदिएँ । उनले दाइ यसमा अण्डा पनि हाल्न पाए हुन्थो भनिन् । मैले हुन्छ नि त भनेर १० रुपैयाँ थपेर ६० रुपैयाँमा अण्डा चाउ चाउ खान दिएँ । गौशालामा आएपछि मैले हजुर जानुस् मेरो ठाउँ आइसक्यो भनेको ट्याक्सीबाट ओर्लिन मानिनन् । तपाईंकै ट्याक्सीमा सुत्छु भन्न थालिन् ।

अब हेर्नु न मलाई कति आपत । ट्याक्सी चलाउन हिँडेको मान्छे ट्याक्सीमा सुत्छु भनेपछि तनाव भइहाल्यो । मैले तपाईंलाई सुत्ने, बस्ने व्यवस्था मिलाइदिउँला ट्याक्सीमै किन सुत्नु पर्यो र भनेर सम्झाएँ । उनी ट्याक्सीबाट कसैगरी ओर्लिन मानिन् । । ओर्लिन नमानेपछि गौशालाको पुलिस चौकीमा पुर्याएको मात्र के थिएँ । हत्तपत्त निस्केर गइन् । 

 जे गर्नु छ गर्नुस् भनिन्
यो घटना गौशालाबाट बौद्ध जाँदाको हो, राति १२, १ नै बजेको थियो । गौशालामा मैले ट्याक्सी रोकेर बसेको थिएँ । एकजना लेडिज आएर दाइ बौद्ध जानुपर्यो भनिन् । यात्रु कुरेर बसेको मान्छे किन नजानु जान्छु भनेँ । उनी ट्याक्सीमा चढिन् । बौद्ध पुलिस चौकी अगाडि पुगेपछि दाइ मसँग पैसा छैन जे गर्नु छ गर्नुस् भनेर नाङ्गिन थालिन् । तपाईं हेनसम हुनुहँुदो रहेछ तपार्इंसँग सम्बन्ध राख्छु भन्दै नाङ्गिइन् । अब ट्याक्सी चढेकी एउटा युवती नाङ्गिँदा ट्याक्सी चालकमाथि मान्छेले शंका नगर्ने कुरै हुँदैन । उनी नाङ्गिन थालेपछि म ट्याक्सी छोडेर भागँे । मभन्दा अगाडि एउटा ट्याक्सी चालक थियो । उसैले बोकेर गएको थियो के गर्यो थाहा भएन । म त्यहाँबाट फर्किएर आएँ । 

केटी मिलाइ दे भन्ने पनि भेटे 

राति ट्याक्सी चालकलाई केटी मिलाई दे भन्ने धेरै भेटेको छु । रक्सी खाएर मात्ने युवाहरु नै हुन् । मातेपछि घर जान कतै जान ट्याक्सी रोज्छन् । ट्याक्सी चढेपछि दाइ तपार्इंसँग कन्ट्याक भए यसो मिलाई दिनुस् न भन्ने गरेका छन् । आफूसँग यस्तो कन्ट्याक नै हुँदैन । यस्ता मान्छेहरु ट्याक्सीले भन्दा पनि होटलवालाहरुले मिलाउने गरेको सुनिन्छ । यसरी खोज्ने मान्छे भनेको नेपालीहरु नै धेरै हुन्छन् । 
                                                                                           प्रस्तुति ः भोला अधिकारी 
 

 
 

Leave A Comment