सुमीको टल्क्यो जवानी

शुक्रबार, ०७ मङि्सर २०७५, ०४ : ३७ शुक्रवार
सुमीको टल्क्यो जवानी

‘२ रुपैयाँ’ फिल्मको आइटम गीतमा नाचेपछि सुमी मोक्तान धेरैको नजरमा परिन् । उनले सो फिल्ममा ‘टल्क्यो जवानी’ बोलको गीतमा कामुक नृत्य गरेकी थिइन् । त्यसपछि उनको दमदार उपस्थिति देखिएको छैन पर्दामा । तर सामाजिक सञ्जाल इन्टाग्राममा भने उनको जवानी टल्किएको टल्कियै छ ।

प्रायः विदेश भ्रमणमा गइरहने उनी जब समुन्द्र किनारामा पुग्छिन्, आफूलाई सम्हाल्न सक्दिनन् । बिकिनी अवतारमा आउँछिन्, तस्बिर खिचाउँछिन् अनि सञ्जालमा पोस्टिहाल्छिन् ।

अब जवानी टलक्क टल्किएको तस्बिर सञ्जालमा आएपछि थरीथरीका प्रतिक्रिया आउने नै भए । त्यसलेउनलाई निकै झोँक चलाउने रहेछ । हालै उनले एल्लो बिकिनीमा नयाँ अवतार इन्स्टामा राख्दै नकारात्मक प्रतिक्रिया पोख्नेलाई जवाफ लेखिन्, ‘मैले बिकिनी लगाएको विषयमा मानिसले यसरी सोधिरहेका हुन्छन् कि यो नै संसारको अन्त्य हो ।

जसले जे सोचे पनि म देखाइरहन्छु तर मेरो लागि यो एक कला हो, जसको लागि मैले यति धेरै मिहिनेत गरेर आफ्नो शरीर बनाएको हुँ । यो शरीर मेरो कमाइ हो ।’
उनको प्रतिक्रियामा केही प्रशंसकले ‘बिग बुब्स र बिट बट देखाउनु नै कला हो र ?’ भन्दै प्रश्न गरेका छन् भने केहीले आफ्नो इच्छा लागेको गर्नुपर्छ भन्दै साथ दिएका छन् ।
 

Leave A Comment