सेलेनाको नयाँ रेकर्ड

बुधबार, १२ साउन २०७३, १० : ४२ शुक्रवार , Kathmandu
सेलेनाको नयाँ रेकर्ड

हलिउडकी प्रसिद्ध पपगायिका सेलेना गोमेजका प्रशंसक दिन प्रतिदिन बढ्दै गएका छन् । हालै सेलेनाले सामाजिक सञ्जाल इन्स्टाग्राममा आफ्नो एउटा तस्बिर सेयर गरिन् । त्यस तस्बिरले इन्स्टाग्रामको सबै रेकर्ड तोडिदियो । उनको यस फोटोमा ३५ लाख लाइक आए । २३ वर्षीया सेलेनाको इन्स्टाग्राममा करिब ८ करोड ९० लाख जति फलोअर छन् ।
सेलेनाले आफ्ना हरेक क्रियाकलापका तस्बिर इन्स्टाग्राममा सेयर गर्ने गरेकी छिन् । जसका कारण उनका फलोअर बढ्दै गएका छन् । आजभोलि उनी इन्स्टाग्राममा एक नम्बरमा छिन् । दोस्रो नम्बरमा गायिका टेलर स्विफ्ट छिन् भने तेस्रो नम्बरमा किम कार्दासियन छिन् ।

Leave A Comment