सनुप पौडेलका प्रिय १० सुर

बुधबार, १२ मङि्सर २०७५, ०५ : १३ शुक्रवार
सनुप पौडेलका प्रिय १० सुर

सनुप पौडेलले नेपाली आधुनिक पप गीतहरू गाएका छन् भने थुप्रै गीतहरूमा संगीत भरेका छन् । ‘रियालिटी शो भ्वाइस अफ द नेपाल’को जज समेत रहेका उनले आफ्ना पाँच र अरूका पाँच प्रिय लाग्ने गीत शुक्रवारलाई बताएका छन् । 

आफ्ना पाँच 

सम्झना आइदिन्छ 
मैले गाएको यो गीत आफैँलाई सबैभन्दा बढी मन परेको गीत हो । यसको शब्द संगीत आफैँमा मन छुने खालका रहेका छन् भने संगीत संयोजनका हिसाबले प्रविण तामाङले गीतलाई न्याय दिएका छन् । प्रविणले मलाई सरप्राइजस्वरूप गाउन लाएको गीत थियो त्यसैले यो गीत मलाई मन परेको हो ।

सम्बन्ध 
यो गीतमा लोचन रिजालको शब्द संगीत रहेको छ भने संगीत संयोजन सरोज गुरुङले गरेका छन् । यो गीत मलाई मन पर्नुको कारण एरेन्जमेन्ट एकदमै राम्रो लाग्छ । एउटै स्कुलमा पढेका हामीले यो गीतलाई रेकर्ड गराएका थियांै । जुन गीत हरबखत गुनगुनाइरहने गर्दछु । 

दैव हे 
चलचित्र मञ्जरीमा मैले गाएको गीत हो । यो श्रोता दर्शकले मन पराइदिनु भएको थियो । यसको संगीत कालीप्रसाद बाँस्कोटाको रहेको छ भने शब्द एकतारेले लेखेका हुन् । मन छुने शब्द, संगीत र एरेन्ज भएकोले मलाई यो गीत प्रिय लाग्छ ।

आधा कुरा 
यो मैले चलचित्रमा गाएको गीत हो । एकतारेका शब्द रहेको छ भने यस गीतमा कालिप्रसाद बास्कोटाको नै संगीत रहेको छ । यो गीतमा भावनात्मक भावहरू पोखिएका छन् । कति कुराहरू व्यक्त गर्न नसकिने हुन्छ । ती कुराहरू गीतमार्फत भन्नुपर्ने हुन्छ । अर्को कुरा यो गीतका शब्द, संगीतले मन छुनेछ । त्यसैले पनि यो गीत मन परेको हो । 

तिमी 
यो गीतलाई मनीष वशिष्ठले लेखेका हुन् । उहाँले मलाई यो गीतका शब्दहरू पठाउँदा कुनै छन्द नै मिलेको थिएन । पछि यसलाई मैले छाँटकाँट गरेर मिलाएको थिएँ । निकै समय लाग्यो मलाई संगीत गर्दा पनि । तर पछि यही गीत दर्शक श्रोताले मन पराइदिनुभयो । मलाई पछि पछि यो गीत आफसे आफ मन पर्न थालेको हो । 

अरुका पाँच 
हजार सपनाहरूको

गायक भक्तराज आचार्यले गाएको यो गीत मलाई अत्यन्त मन पर्ने गीतहरूमा एक हो । नेपाली संगीतकर्मीहरूले एकदमै बुझ्नुपर्ने गीत हो । यसका भावहरू निकै कर्णप्रिय लाग्छन् । गीत सुन्दा भावमा डुबाउने गीत हो । प्रायः यो गीत म सुनिरहन्छु । 

विपना नभई सपना
यो गीत नारायण गोपालले गाउनु भएको गीत हो । मलाई मात्र होइन जो कोहीलाई यो गीत प्रिय लाग्न सक्छ । भावनात्मक गीत छ । सपना पूरा भए पनि नभए पनि यो गीतले सही दिशातिर लाग्नुपर्छ भन्ने सन्देश दिन्छ । यो गीतको शब्द संगीत 

पोहोर साल खुसी फाट्दा
सानोमा मैले सबैभन्दा धेरै गुनगुनाउने गीत हो । मैले सानो छँदा रेडियोहरूमा बज्ने गीतमा यो गीत पथ्र्यो । म त्यो बेला किन यस्तो गीत सुन्थँे भन्ने कुरा अहिले आएर बुझ्दै छु । यो गीतका शब्द, संगीत र गायिकीपनले मन छोएको थियो । गीत सुन्दा भावनात्मक रूपमा वहन थालिन्थ्यो । अरुणा लामाले गाउनु भएको यो गीत असाध्यै मन पर्छ । 

सुन्दरताको 
सबिन राईले गाएको गीत हो यो । मलाई मन पर्ने गायकमा सबिन राई पनि एक हुन् । मलाई यो गीत किन मन पर्छ भने आफ्नै छोरीका लागि गाएको जस्तो फिल गराउँछ । सायद सबिनले पनि त्यही थिममा गीत बनाएको हुनुपर्छ । म पनि पहिला यो गीत गुनगुनाइरहन्थेँ र अहिले पनि गुनगुनाइ रहन्छु । 

चेतना
लोचन रिजालको गीत हो यो । यो गीत जो कोहीले हेरेपछि के भन्न खोजेको रहेछ भन्ने कुरा प्रस्ट बुझिन्छ । मलाई मन परेको गीतका शब्द, संगीत र गायिकी पनले अत्यन्त मन छुन्छ भने भिडियोले पनि उत्तिकै मात्रामा मान्छेको मन तान्छ । 


 

Leave A Comment