चेल्सी पुगे कान्टे

बुधबार, १२ साउन २०७३, १० : ५४ शुक्रवार , Kathmandu
चेल्सी पुगे कान्टे

इंग्लिस क्लब चेल्सीले प्रिमियर लिग विजेता लिसेस्टर सिटीका मिडफिल्डर एनगोलो कान्टेलाई अनुबन्ध गरेको छ । चेल्सीले कान्टेलाई तीन करोड पाउन्ड अर्थात् ४ अर्ब २४ करोड रुपैयाँमा अनुबन्ध गरेको हो ।
कान्टेले चेल्सीसँग पाँच वर्षको सम्झौता गरेको छ । कान्टे गएको सिजन फ्रेन्च लिग वान क्लब कानबाट ६० लाख पाउन्डमा लिसेस्टर पुगेका थिए । लिसेस्टरबाट उनले ४० वटा खेल खेलेका थिए ।
२५ वर्षका कान्टे युरो कपमा फ्रान्सको टिममा थिए । तर, उनले घरेलु मैदानमा खासै योगदान गर्न सकेनन् । चेल्सीमा अनुबन्ध भएपछि कान्टेले प्रिमियर लिगको ठूलो क्लबबाट खेल्ने आफ्नो सपना पूरा भएको बताए ।

Leave A Comment