कमेडीको बिहे

बुधबार, १२ साउन २०७३, ११ : ३७ शुक्रवार , Kathmandu
कमेडीको बिहे

कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने हास्य टेलिसिरियल ‘डिट्ठा सा’ब’ हेर्नुभएको छ भने ‘नारायण बाजे’लाई त पक्कै चिन्नुहुन्छ होला । पण्डितको भूमिकामा देखिने यी वृद्ध राजु कमेडी (भुजेल) हुन् जो वास्तविक जीवनमा भने अविवाहित युवा थिए । असार ३० गते उनले काठमाडौं, कोटेश्वरस्थित महादेवस्थान मन्दिरमा बिहे गरेका छन् । काभ्रे, भुम्लुटारका राजुले काभ्रे, देउपुरका भूमि अधिकारीसँग लगनगाँठो कसेका हुन् । फेसबुकमार्फत साथी बनेका राजु–भूमि दुई वर्षदेखि प्रेम सम्बन्धमा थिए । राजुले सिरियलमा बोल्ने ‘नारायण भन मलाई’ र ‘दैव के देख्नुप¥यो नि मैले’ थेगो दर्शकले रुचाइरहेका छन् । राजुले ‘गाई कि त्रिशुल, ‘तितेकरेली’, ‘मेरी बास्सै’लगायत सिरियलमा समेत अभिनय गरिसकेका छन् । उनी अभिनीत फिल्म ‘यो साइनो मायाको’ प्रदर्शनको तयारीमा छ । उनले युट्युबमा सञ्चालित ‘कमेडी गाइज’ हास्य कार्यक्रममा रेन्बो सोल्टाको भूमिका निर्वाह गरिरहेका छन् ।

 

Leave A Comment