यौन सम्पर्क गर्दा पीडा हुने कारण

बिहिबार, १२ पुष २०७५, ०६ : ३५ शुक्रवार
यौन सम्पर्क गर्दा पीडा हुने कारण

केही यौन जोडीले यौन क्रीडा गर्दा पीडा हुने गुनासो गर्ने गर्छन् । यसको मुख्य कारण यौन जोडी बीचमा यौन शिक्षाको अभाव तथा कमी हुनसक्छ । यौन शिक्षाको ज्ञान भए स्वस्थ जोडीबीच यौन सम्पर्क गर्दा पीडा हुने सम्भावना भने कमै हुन्छ । 

उमेर नमिल्दा पीडा
यौन सम्पर्क गर्ने जोडीको उमेर मिल्दो हुनु पर्छ । ३०÷३५ वर्षको उमेरमै यौन सम्पर्क गर्दा पीडा हुन्छ भने उमेर नमिलेको पनि हुन सक्छ । उमेरको बढी फरक भएका यौन जोडीबीचमा यौन क्रीडा, सम्पर्क तथा सम्बन्धमा गाँसिदा यौन अनुभव र अभ्यास फरक हुन्छ । भावना नमिल्न सक्छ ।

जसका कारण यौन सम्पर्क गर्दा पीडा हुनसक्छ । उमेरको धेरै अन्तर हुँदा यौन जोडीमध्ये एक अनुभवी तथा यौनक्रीडा गर्न जान्ने हुन्छ भने अर्को कम अुनभवी तथा अनभिज्ञ हुन सक्छ । यौन जोडी बीचको उमेरको बढी अन्तरका कारणले यौन क्रीडा तथा यौन सम्पर्क गर्दा एक आपसमा असन्तुष्टि पैदा हुन्छ । एकलाई पीडाको भाव र अर्कोलाई सोचेअनुरुप यौन इच्छा पूरा नहुँदा असन्तुष्टि पैदा हुन्छ ।

यौन जोडी बीचको उमेर अन्तरका कारणले वैकल्पिक जोडीसँग (अरुसँग) आकर्षण भई सहवास हुने सम्भावना बढी हुन्छ । त्यस कारणले यौन जोडीबीच एकअर्काको भावना बुझेर यौन सम्पर्क गर्न जरुरी हुन्छ । एक आपसका भावना अन्तरमनमा राख्नु आवश्यक हुन्छ । 

वैकल्पिक जोडीले पीडा
वैकल्पिक यौन जोडी छ भने पनि स्थायी यौन जोडीसँग यौन सम्पर्क गर्न रुचाइँदैन । स्थायी जोडीसँग यौन सम्पर्क गर्न मन नलाग्न सक्छ । यौन सम्पर्क गर्दा पनि पीडा हुन्छ । व्यक्तिको स्वभाव र व्यवहार बडो परिवर्तनशील हुन्छ ।

स्वभाव र व्यवहार परिवर्तनशील हुने भएकाले एक व्यक्तिसँग मात्रै यौन सम्पर्क गर्न मन नलाग्न सक्छ । जुन व्यक्तिको नैसर्गिक स्वभाव पनि हो ।

धार्मिक प्रशिक्षण, सामाजिक तथा राजनीतिक बन्देजले भने यौन र यौन क्रीडालाई साँघु¥याएको छ । जति नै साँघुरो बनाए पनि सक्षम खेलाडीले वैकल्पिक यौन जोडीसँग यौन सम्पर्क राख्न सक्छन् । यौनलाई नाटकको पात्रको रुपमा नाटकीय रुपमा खेलेकै हुन्छन् । सकेसम्म परस्त्री वा परपुरुषसँग यौन सम्पर्क र सम्बन्ध नराख्नु नै उचित हुन्छ । परस्त्री वा परपुरुषसँग यौन सम्पर्क राख्दा सम्बन्ध विच्छेद हुने जोखिम हुन्छ ।

यौन सोच, अभ्यास, क्रियाकलाप र व्यक्ति अनुसार फरक—फरक हुन्छ । त्यसैले यौन बानी व्यवहारलाई गृहस्थ जीवनसँग जोडेर नकारात्म रुपमा लिनु हुँदैन । गृहस्थ जीवन पवित्र जीवन हो । यौनको विषयलाई लिएर पारिवारिक विच्छेदन पनि हुने भएकाले जोडीले बुद्धिमतापूर्वक व्यवस्थापन गर्नुपर्छ । 

यौन चाहना हुँदा र सम्पर्कमा सरिक भएपछि महिलामा यौन रसादी निस्किन्छ । यौन चाहना भएपछि ९९ प्रतिशत भन्दा बढी महिलामा योनिबाट रसादी निस्किन्छ । त्यसैले महिलाको योनिबाट रसादी निस्किएको छ भने यौन चाहना भएको मान्न सकिन्छ । योनिबाट रसादी निस्कँदा पनि यौन सम्पर्कको समयमा पीडा हुन्छ भने शारीरिक तथा मानसिक समस्या भएको हुन सक्छ । 

यौन चाहना हुँदैमा यौनाङ्गबाट रसादी निस्कन्छ भन्ने पनि हुँदैन । यौन रसादी ननिस्किए पनि यौन चाहना हुन सक्छ । यौन रसादी निस्कनका लागि केही मिनेट यौन क्रीडा गर्न जान्नु पर्छ । यौन क्रीडाबाट यौन जोडीको (दुवैको) यौनाङ्गबट यौन रसादी निस्कन्छ नै भन्ने पनि जरुरत हुँदैन । 

अधिकांश जोडीमा फरक–फरक समयमा यौन रसादी निस्कन्छ । जोडीले यौन रसादी निस्किएको वा ननिस्किएको स्वअध्ययन गर्न जरुरी छ । रसादी निस्के÷ननिस्के बारेमा थाहा पाउन पनि जरुरी छ । 
अभ्यास र अनुभवले रसादी निस्किएको वा ननिस्किएको बारेमा थाहा हुन्छ । १÷२ पटकको अनुभवले थाहा हुँदैन । थोरै अनुभवले धेरै ज्ञान छ भन्ठान्दा यौन जोडीका लागि जोखिम पनि हुन सक्छ । 

यौनाङ्गबाट रसादी निस्कने तर पुरुषलाई पीडा हुने परिस्थिति भयो भने पुरुषको व्यक्तित्वमा मानसिक ह्रास हुन्छ । जसका कारण पुरुषको असक्षमताको पीडा असह्य हुन्छ । पुरुषको असक्षमताको परिणामस्वरुप कतिपय पुरुष महिलाबाट टाढा हुने, मानसिक रुपमा विक्षिप्त हुने र आत्महत्या गर्न समेत पछि पर्दैनन् । 

रोगको खतरा 
यौन सम्पर्कमा समस्या र पीडा हुने धेरै कारण हुन्छन् । यौन सम्पर्क गर्दा पीडा हुने मुख्य कारण यौनाङ्गको संक्रमण हो । जोडीमध्ये एकलाई वा दुवैलाई यौनाङ्गको संक्रमण भएको छ भने यौन सम्पर्क गर्दा पीडा हुन्छ । 

पुरुषको लिंग सानो हुने, बाहिरी छाला नसुर्किने, पुरुषको लिंगमा संक्रमण हुने, अन्य घाउ खटिरा लगायतका कारणले यौन सम्पर्क गर्दा समस्या तथा पीडा हुुन्छ । पुरुषको लिंग पूर्ण रुपमा विकसित भएको छैन भने पनि यौन सम्पर्क गर्दा यौन जोडीमा मानसिक रुपमा पीडा हुन्छ । विशेष गरी महिलामा तल्लो पेट दुख्ने, यौनाङ्गको सर्भिक्समा सर्भिक्स सोथ (दुख्ने, पोल्ने, सुन्निने) भएको खण्डमा पनि यौन सम्पर्क गर्दा पीडा हुन्छ । 

लिंग वा योनिमा रातो, तातो, दुख्ने, सुन्निने र यौनाङ्गले काम नगर्ने अवस्था आए सम्बन्धित चिकित्सककहाँ यथासम्भव चाँडै गएर सल्लाह र उपचार गर्न जरुरी हुन्छ ।यौन सम्पर्कको समयमा पीडा भयो वा यौनाङ्गमा कुनै किसिमको समस्या छ भने हेलचेक्राईँ गरेर बस्नु उचित हुँदैन । यस्तो अवस्था आकस्मिक भने हैन ।

यौनाङ्गमा कुनै किसिमको समस्या तथा संक्रमण छ भने एकअर्कामा सर्ने सम्भावना बढी हुन्छ । संक्रमण तथा जन्मजात कारणले पनि यौनाङ्गमा समस्या हुन सक्छ । जन्मजात अवस्थाका अधिकांश यौन समस्या शल्यक्रिया गरेर समाधान गरिन्छ । 

यौन जोडीमध्ये कुनै एक वा दुुवैमा कुनै किसिमको रोग छ भने पनि यौन सम्पर्कको समयमा पीडा हुन सक्छ । यदि रोग छ भने कुन किसिमको, कस्तो अवस्थाको रोग छ सम्बन्धित चिकित्सककहाँ गएर परामर्श लिनुका साथै उपचार गर्नुपर्छ । 

उत्तेजना नमिल्दा पीडा
विशेषगरी महिलाभन्दा पुरुष चाँडै उत्तेजित हुनु पनि पीडाको एउटा कारण हो । पुरुष चाँडै र महिला सुस्त उत्तेजित हुनाले पनि यौन सम्पर्क गर्दा पीडा हुन सक्छ ।

महिला भन्दा पुरुष चाँडै उत्तेजित हुनु स्वभाविक पनि हो । अधिकांश पुरुष यौन मामलामा सक्रिय हुन्छन् भने महिला निष्क्रिय हुन्छन् ।

हरेक पुरुष तथा महिलामा मौसमअनुसार शरीरका अङ्गको सक्रियता र निष्क्रियता हुन्छ । जसका कारण पनि यौन सम्पर्क गर्दा पीडा हुन सक्छ । त्यसको व्यावस्थापन एक आपसमा यौन जोडीले नै गर्नुपर्छ । हरेक असहज परिस्थितिलाई वातावरण अनुकूल गर्ने दायित्व जोडीको हो । 
मौसमका कारण यस्तो पीडा हुन्छ भन्ने पनि हुँदैन । गर्मीमा पीडा हुन् वा जाडोमा नहुने वा जाडोमा पीडा हुने र गर्मीमा नहुने भन्ने हुँदैन ।

नकारात्मक धारणा नराख्ने
विगत केही वर्षयता शैक्षिक पाठ्यपुस्तक, पत्रपत्रिका र सामाजिक सञ्जालको प्रयोगले मानिसमा यौनसम्बन्धी वैज्ञानिक जिज्ञासा बढ्दै जान थालेको छ र यो स्वाभाविक पनि हो ।

त्यसैले नेपालका सामाजिक अगुवा, धार्मिक गुरु, राजनीतिक कार्यकर्ताले यौन र यौन शिक्षालाई ज्ञानको भण्डारको रुपमा लिँदा समाज अगाडि बढ्न सक्छ । यौनसम्बन्धी नकारात्मक धारणा र अफवाह न्यूनीकरण गर्दै जान जरुरी छ । 

हरेक व्यक्तिका आ–आफ्नै किसिमका मानवीय अधिकार हुन्छन् । अधिकारभित्र आफूलाई चहलपहल गर्न स्वतन्त्र हुन्छन् । व्यक्तिले व्यक्तिगत तथा सामजिक उत्तरदायित्व भने भुल्नु हुँदैन । पीडा तथा असन्तुष्टि भयो भन्दैमा वैकल्पिक यौन जोडी रोज्नु उचित हैन । व्यवस्थापन गर्नु उपयुक्त हुन्छ । 
प्रस्तुतिः उपेन्द्र खड्का
 

Leave A Comment