फिल्मकी लोभी सुरक्षा

शुक्रबार, १३ पुष २०७५, ०३ : ५० शुक्रवार
फिल्मकी लोभी सुरक्षा

सुरक्षा पन्तले धेरै फिल्म खेलेकी छैनन् तर उनको अभिनयले भने तारिफै पाउने गरेको छ । उनले अहिलेसम्म ‘अझै पनि’, ‘धनपति’, ‘भैरे’लगायतका फिल्ममा अभिनय गरेकी छन् ।
नेपाली फिल्म उद्योगमा फिल्म खासै बन्ने गरेको छैन । हुन त जति फिल्म बनेका छन् त्यो पनि नेपाली बजारका लागि धेरै भयो भन्ने गुनासो आउने गर्छ । 

सायद यही भएर पनि हुनसक्छ, सुरक्षाले हात लागेको फिल्म ‘गोपी’ ज्यान गए छाडिनन् । उनीभन्दा पछि आएका नायिका वर्षा शिवाकोटी र नायक खगेन्द्र लामिछानेले फिल्म छाडेका थिए । यसपछि सुरक्षाले पनि फिल्म छाड्लिन् कि भनेर धेरैले अपेक्षा गरिरहेका थिए तर उनले छाडिनन् । किन छाडिनन् त ? 

फिल्मको ट्रेलर लञ्च कार्यक्रममा उनले आफू फिल्मको लोभी भएकाले यो फिल्म नछाडेको स्वीकार पनि गरिन् । उनले भनिन्, ‘मलाई गोपीजस्ता अग्र्यानिक कथा भएको फिल्म मनपर्छ र यस्ता फिल्मप्रति म लोभी हुन्छु ।’ उनको लोभकै कारण फिल्ममा अहिलेसम्म रहिरहेको उनको भनाइ छ ।
फिल्म चाहे रिलिज होस् या नहोस्, फिल्मका कलाकारले छोडून् या निर्देशकले नै, बल्लतल्ल हात लागेको, छोड्न त कुनै हालतमा हुन्न हैन त सुरक्षाजी !
 

Leave A Comment