प्रियंकालाई लाग्यो जाडो

शुक्रबार, २० पुष २०७५, ०७ : ०२ शुक्रवार
प्रियंकालाई लाग्यो जाडो

झण्डै एक महिना भयो प्रियंका कार्कीलाई मस्त जाडोले छोएको । बाक्ला बाक्ला कपडा लगाउँछिन् हिजोआज उनी । अनि शरीर पूरै ढाक्छिन् पनि । सोसल मिडिया हेर्दा यस्तै देखिन्छ । प्रायः छोटा र पारदर्शी मात्रै हैन, पार्टनर आयुष्मानसँग इरोटिक मुडको तस्बिर खिचेर सोसल मिडियामा सहजै सेयर गर्न उनी हिच्किचाउँदिनन् । यो चाहिँ पुस पहिलो सातातिरको कुरा हो ।

मंसिरसम्म त उनी आयुष्यमान देशराजसँग स्विमिङ पुलमै चोबलिएर तस्बिर खिचाइरहेकी थिइन् तर अहिले भने उनका त्यस्ता तस्बिर हेर्न अर्काइभबाहेक अर्को विकल्प छैन । उनको इन्स्टाग्राममा डिसेम्बर ७ यता पूरै शरीर ढाकिएका बाक्ला–बाक्ला लुगासहितका तस्बिर मात्रै छन् । अभिनेत्री भए पनि उनी पनि हाडछालाले नै बनेकी हुन् । यस्तो कठ्याङ्ग्रिने चिसोले उनलाई पनि छोइहाल्छ नि ! त्यसो त पुस फासफुस भइगयो, माघपछि त घाम पक्कै चर्केला !
 

Leave A Comment