ट्रोलमा रानी

बिहिबार, २६ पुष २०७५, ०४ : ३४ शुक्रवार
ट्रोलमा रानी

सन् २०१८ मा बलिउडमा निकै चर्किएको मीटू अभियानका कारण अभिनेत्री रानी मुखर्जी बबाल ट्रोल भएकी छन् । हालै सिएनएन–न्युज १८ का राजीव मसन्दले चलाएको एक्ट्रेस राउन्ड टेबलमा रानीले व्यक्त गरेका विचारका कारण उनी ट्रोलमा परेकी हुन् ।

दीपिका पादुकोण, अनुष्का शर्मा, आलिया भट्टसमेत समावेश कुराकानीमा उनले महिलाले हरेक कुराका लागि आफैँ जिम्मेवारी लिनुपर्ने र यौन दुव्र्यवहारबाट जोगिन सबै स्कुलमा छात्रालाई सेल्फ डिफेन्स तथा मार्सल आटर््स सिकाउनुपर्ने धारणा राखेकी थिइन् ।

उनको कुरामा कोही पनि सहमत भएनन् । हुँदाहुँदा उनले कुनै पनि आमालाई कसैले पनि आफ्ना सन्तानलाई कसरी हुर्काउने भन्न नहुनेसम्म पनि भन्न भ्याइन् । त्यसपछि सामाजिक सञ्जालमा उनी ट्रोलमा परिन् ।
 

Leave A Comment