रोमान्समा मेरी

बिहिबार, २६ पुष २०७५, ०४ : ३७ शुक्रवार
रोमान्समा मेरी

ब्राजिली मोडल मेरी ताभारेज अहिले इन्टरनेटमा हटकेक भएकी छन् । ब्राजिली फुटबल सुपरस्टार नेमारसँग रोमान्स सुरु भएको खबर भाइरल भएसँगै उनी हटकेक बनेकी हुन् ।

२० वर्षीया मेरी नेमारसँग हालै एउटा पार्टीमा देखिएकी थिइन् । ग्ल्यामरस बमसेल मोडलको सामाजिक सञ्जाल इन्स्टाग्राममा १ लाख ७५ हजार फलोअर्स छन् ।

कर्भी बडीमा निकै ट्याटु खोपाएकी उनी इन्स्टाग्राममा निकै कामोत्तेजक तस्बिर अपलोड गर्छिन् । उनी र नेमारबीच अत्यधिक निकटता नभइसके पनि ब्राजिलमा अहिले उनी नै नेमारको गर्लफ्रेन्ड भएको विश्वास गरिएको छ । 
 

Leave A Comment