‘नो’ ढिलासुस्ती

आइतबार, २९ पुष २०७५, ०७ : ४० प्रकाश जंग थापा
‘नो’ ढिलासुस्ती

समयको हिसाब राख्ने हो भने नेपाल कयौँ राष्ट्र अगाडि छ । छिमेकी राष्ट्र भारतलाई लिऊँ न ! भारतीयहरु नेपाली भन्दा १५ मिनेटले पछाडि छन् । कतार २ घण्टा ४५ मिनेटले पछाडि छ ।  त्यसैगरी अमेरिका झन् १० घण्टा ४५ मिनेटले पछाडि छ । यहाँ नयाँ वर्ष मनाउँदा त्यहाँ नयाँ वर्ष इभ मनाइन्छ । नेपालमा घडिको सुई चाँडो चले पनि भयो के ? विकासको दृष्टिले हेर्ने हो भने धेरै पछाडि छ । मनोवैज्ञानिक तवरले पनि हामी पछाडि नै छाैं। यतिमात्र होइन, हाम्रो स्वभाव र ती राष्ट्रको मानिसको स्वभावमा मेल पाइँदैन । उनीहरुमा जागरुकताको मात्रा बढी छ, हामीमा निष्क्रियता । नयाँ जिम्मेवारी निर्वाह गर्नु परे हामी विचार गरौँला, हेरौँला, काम गर्न गाह्रो छ, धेरै समय र ऊर्जा लगानी गर्नु पर्छ, सक्दिन कि !  भ्याउँदिनँ, असफल भइयो भने ! 

यस्तै यस्तै प्रतिक्रियाले काम पेन्डुलम बन्न पुग्छ । गर्छु पनि भन्दैन, गर्दिन पनि भन्दैन । यस्तोमा काम सुरु भइहाले पनि ढिलासुस्तीमा चल्छ । काम पूरा गर्न समय लाग्छ तर समय लाग्छ भन्दैमा अनावश्यक समय लगाउनु राम्रो होइन । यो त आलटाले प्रवृत्ति हो ।

यस्तो प्रवृत्ति हरेक क्षेत्र÷काममा देख्न सकिन्छ । ‘नेपाली समय’ हामीमाझ निकै चल्तीको शब्द हो । नेपाली समय एउटा मनोरोग बन्न पुगेको छ । मेलम्चीको आउन दसौँ वर्ष लाग्नु, पञ्च वर्षे योजना १० लाग्नु, नेपाली समयको सर्वोत्तम उदाहरण हो । यस्तो भएपछि देशमा कसरी हुन्छ विकास ! यी त ठूला कुरा भए तर ‘नेपाली समय’ सुधार्न सकिन्छ । सुधार्ने उपाय निम्न छन्ः

सेडोना मेथड
नयाँ काम थालनीपूर्व बेचैनी पैदा हुन्छ । शारीरिक एवं मानसिक रुपमा तयारी हुन निकै गह्रौँ हुन्छ । शरीरमा असहज महसुुस हुन्छ । जसकारण काम सुरु गर्न रोक लगाइरहेका हुन्छौँ । शरीरमा प्रतिरोधको भावना सञ्चार हुन्छ । यस्तो अवस्थामा लामो श्वास लिने । शरीरमा सञ्चारित प्रतिरोधको भावना अनुभूत गर्ने । मानौँ तपाईं शरीर सुगठित बनाउन चाहनु हुन्छ । जिम खाना÷फिटनेस सेन्टरमा पनि भर्ना हुनुभयो तर तपार्इंलाई बिहान सबेरै उठ्न झन्झट लाग्छ । बिहानको मीठो निद्रा भङ्ग गर्ने पक्षमा हुनुहुन्न । त्यही बेला सेडोना मेथड प्रयोगमा ल्याउने । यसका लागि आफूलाई केही प्रश्नोत्तर गर्ने । जस्तै के म जिम जान रोक्ने प्रतिरोधको भावना अनुभूत गर्न सक्छु ?

अनुभूत गर्नको लागि अनुमति दिन सक्छु । अर्को प्रश्न के म त्यस प्रकारको भावना शरीरमा बग्न दिन सक्छु । शरीरबाट बगेर जान अनुमति दिन सक्छु ? उत्तर सक्छ वा सक्दिनँ हुन सक्छ । अर्थात् ‘एस’ वा ‘नो’ । त्यसपछि यदि सकिन्छ भने कहिले सम्म ? यो प्रश्नोतर कम्तीमा दश चरणसम्म निरन्तर गर्ने ।

भिजुअलाइजेसनमा जाने
यो कुनै पनि काम गर्नको लागि प्रेरित गर्ने शक्तिशाली टेक्निक हो । यस विधिमा हामी जे काम गर्न चाहन्छाँै त्यो कामलाई दृश्यमा उतार्ने काम गछौँ । भन्नुको अर्थ कल्पनामा उतार्छौं । कतिपय काममा हामी स्पष्ट हुन नसक्दा कामलाई पछाडि धकेलिरहेका हुन्छौँ । स्पष्ट नभएको काम प्राथमिकतामा पर्दैन । कल्पना गर्नाले कुनै पनि कामका बारेमा प्रस्ट हुन सकिन्छ । शुरुवात गर्नका लागि प्रेरणा मिल्छ । हरेक प्रक्रिया र त्यसबाट आउने प्रतिफलको बारेमा थोरबहुत जानकार हुन सकिन्छ । काम गर्दै जाँदा उत्पन्न हुन सक्ने बाधा अड्चनका बारेमा पनि सर्तक रहन सकिन्छ । 

पूर्णतावाद अपेक्षा नराख्ने
सिद्धताको अपेक्षा राखिन्छ नै ! जे काम गछौँ, त्यो पर्फेक्ट होस्, निपूर्ण होस् भन्ने चाहना सबैको हुन्छ । पूर्णतावाद प्राथमिकतामा आउँछ । यसर्थ सधैँ उत्कृष्ट कार्य गर्ने दबाब रहन्छ । यद्यपि समय भित्रै काम हुन्छ भन्ने हुँदैन । मिति सर्दैै जान्छ । ठूलै प्रोजेक्ट हो भने अभिभूत हुन्छौँ । हैट् ! कसरी गर्ने होला ? समयमै सकिएला भन्ने शंका उत्पन्न हुन्छ अनि काम टार्दै गइन्छ । ढिलासुस्तीको बाटो रोजिन्छ ।

उपयुक्त समय, आइडिया आउला अनि मात्र काम गराँैला भनेर रोकिन्छौँ । यस्तो परिस्थिति सिर्जना भए शतप्रतिशत नतिजामा केन्द्रित नहुने । जति सकिन्छ त्यति गर्ने । जुन स्तरको उत्कृष्टता दिन सकिन्छ, त्यति दिने । प्रोडक्शन बिफोर पर्फेक्सन सिद्धान्त लागू गर्ने । विश्वमा    नेतृत्व गर्ने एप्पल, स्यामसङ, गुगललगायत कम्पनीले यही सिद्धान्त समाएका छन् । उत्कृष्ट फोन निर्माण गर्न सक्ने भएपछि मात्र आफ्नो उत्पादन विश्व बजारमा ल्याउने योजना राखेका भए ? पर्फेक्ट डिजाइन उपलब्ध भएपछि मात्र आफ्नो प्रडक्ट उत्पादन गर्ने लक्ष्य राखेका भए ?

आज कुनै पनि विश्व चर्चित ब्रान्ड अस्तित्वमा हुने थिएन । त्यसैले जति राम्रो गर्न सकिन्छ गर्दै जाने हो । पछि आवश्यकताअनुसार थप सुधार गर्दै जाने । सुरुमा माइक्रो प्रतिबद्धतामा खरो उत्रने । मानौँ, तपाईं एउटा उपन्यास लेख्न चाहनु हुन्छ । यसका लागि सुरुवात गर्नै सकिँदैन । यस्तो परिस्थितिमा माइक्रो प्रतिबद्धतामा जाने । दिनको एक पृष्ठ मात्रै लेख्न प्रतिबद्ध रहने । एक वर्षमा ३६५ पृष्ठ हुन जान्छ । यो भनेको एउटा उपन्यासको साइज हो ।

आशा छ, यी विधिको प्रयोगले ढिलासुस्ती रोग निको पार्न महŒवपूर्ण भूमिका खेल्ने छ ।
 

Leave A Comment