क्याट्रिनालाई बिहे प्रस्ताव

आइतबार, २९ पुष २०७५, ०७ : ५९ शुक्रवार
क्याट्रिनालाई बिहे प्रस्ताव

छिटोछिटो ब्वाइफ्रेन्ड फेर्ने बलिउड हिरोइन क्याट्रिना कैफलाई एक न्युकमर हिरोले बिहेको प्रस्ताव राखेका छन् । क्याट्रिनालाई बिहेको प्रस्ताव राख्दा उनका पूर्व ब्वाइफ्रेन्ड सलमान खान भने रिसले मुर्मुरिएका थिए ।

केही दिनअघि मात्र क्याट्रिनाले करण जौहरको टक सोमा नयाँ अभिनेतामध्ये आफू विक्की कौसलसँग काम गर्न रुचाउने बताएकी थिइन् । यो थाहा पाएर चकित भएका कौसलले एउटा अवार्ड समारोहमा क्याट्रिनासामु मजाकै मजाकमा विवाह प्रस्ताव राख्दा उनी अवाक् भइन् र केही बेरपछि भनिन्, ‘त्यसका लागि मसँग आँट छैन ।’ उनले यसो भन्दा समारोहमा उपस्थित सल्लु मियाँको अनुहार भने हेर्न लायक भएको थियो । 
 

Leave A Comment