पोर्न उद्योगमा मीटू

आइतबार, २९ पुष २०७५, ०८ : १० शुक्रवार
पोर्न उद्योगमा मीटू

‘तिमी मेरो जनेन्द्रिय ..... चाहन्छ्यौ ?’
यस्तो सोधिरहँदा उसको अनुहारमा एक किसिमको सन्तुष्टि झल्कन्थ्यो । स्त्रीको अनुहार रातोपीरो भइरहेको थियो । स्त्रीले हात उठाएर भनिन्, ‘अँहँ ।’ तर उसको मुखबाट निस्क्यो, ‘साँच्ची ?’ ऊ उनको उत्तर सुन्न चाहिरहेको थिएन । फेरि उसले सोही प्रश्न सोध्यो । स्त्रीले पहिलेजस्तै संकेत जनाइन् । पुरुषले भन्यो, ‘ए, अझै पो ?’

उसले स्त्रीको कपाल च्याप्प समात्यो । नग्न पुरुषको बलिष्ठ हातले सुरुमा पछाडि धकेल्यो र सोध्यो, ‘अझै तँ मेरो ........ मुखमा नहाल्ने ?’ त्यसपछि उसले भुइँमा स्त्रीलाई लडायो र नग्न पुरुषले आफ्नो पुरुष जनेन्द्रिय अनुहारभरि नचाउन थाल्यो ।

यो घटना भइरहँदा एक मिटर पर रहेका एक दर्जनभन्दा बढी मानिसहरु रमिता हेरिरहेका थिए । कसैले केही चुइँक्क बोलिरहेको थिएन ।

किन कोही बोलेन त ? किनभने त्यहाँ एउटा अश्लील फिल्मको सुटिङ भइरहेको थियो । फिल्मको सुटिङ, त्यो पनि अश्लील भएकाले कसैले पनि यो घटनालाई अस्वाभाविक रुपमा लिएन । जुन फिल्मको दृश्य नै यस्ता कुराबाट मनोरञ्जन लिने हुन्छ, त्यस्ता फिल्मको सुटिङमा झन् कसैले केही किन बोलोस् !

अश्लील फिल्म उद्योग (पोर्न इन्डस्ट्री) मा यस्ता घटना कयौँ घटे होलान् तर ती गुपचुप हुन्थे । कसैले पनि यस्ता घटना सार्वजनिक गर्न डराउँथे तर यस्ता घटना गाइँगुइँ र खासखुस भइरहेका हुन्थे । यस्ता गाइँगुइँमा को कलाकार पशुजस्तै छ, त्यस्तासँग भरसक काम नगर्ने, गरिहाल्नु परे पनि ऊसित दुरी कसरी कायम राख्ने जस्ता अव्यक्त सम्झौता हुन्थे । 

यस्तोमा अचानक एक महिलाले बोल्ने निधो गरिन् । यो निधोले पोर्न उद्योगमा तीव्र प्रतिक्रिया जन्मियो र कयौँ कलाकारलाई त्यसको लपेटामा पार्यो ।

पोर्न उद्योगको इतिहासमा पहिलो पटक अश्लील फिल्मी दुनियाँमा भइरहेको यौन शोषणका बारेमा खुलेर छलफल हुन थाल्यो । कतिसम्म भने ६० वटा अश्लील फिल्म खेलिसकेकी महिलासमेत यौन शोषणमा परेको खुलासा भयो । अश्लील फिल्मका कयौँ दृश्यहरु पटकथामा नै भएका होलान् भन्ने आँकलन हुन्छ तर तीमध्ये अधिकांश त पटकथामा समावेश गरिएका हुँदैनन् । अचानक पुरुषले स्त्रीमाथि गरेको दमन खिचिएका हुन्छन् । दर्शकलाई भने यो स्वाभाविक हो भन्ने लाग्न थाल्छ ।

यो त्यस्तै दुई यौन अत्याचारीको कथा हो । ती दुईमध्ये एक हुन्, जेम्स डिन र अर्का जायन मलिक । जेम्स डिन त ‘सेक्स एजुकेसन’का लागि कलेज र स्कुलसम्म गएर भाषण दिनसक्ने ‘बुद्धिजीवी’का रुपमा परिचित थिए । सन् २०१२ बाट सुरु भएको उनको ख्याति (त्यही बेला उनी हलिउडकी प्रख्यात अभिनेत्री लिन्डसे लोहनसँग ‘द क्यानयोन्स’ फिल्ममा अभिनयसमेत गर्न भ्याएका थिए) सन् २०१५ सम्म आइपुग्दा धुमिल भइसकेको थियो । 

उनको अधोगतिको प्रारम्भ उनकी पूर्व श्रीमतीले गरेकी थिइन् । उनकी पूर्व पत्नी स्टोयाले ट्वीटरमा ‘जेम्स डिनले मलाई घुँडा टेकाएर उसको जनेन्द्रीय .... बाध्य पार्यो । मैले नाइँ भन्दा पनि टेरेन । जब म उसलाई देख्छु, उसको अनुहारमा हेर्नसमेत सक्दिनँ । मलाई त्यत्ति रिस उठ्छ ऊदेखि,’ लेखेकी थिइन् ।

यो ट्वीटको जवाफ दिँदै जेम्स डिनले लेखे, ‘म मेरा प्रशंसक र सर्वसाधारणलाई आश्वस्त पार्न चाहन्छु, मैले कहिल्यै पनि खराब नियतले कसैलाई उसको स्वीकृतिबेगर हानि पुर्याएको छैन । यो आरोप असत्य मात्र होइन, चरित्र हत्यासमेत हो । म महिलालाई पर्दाका अघिल्तिर मात्र होइन, पछाडि पनि उत्ति नै सम्मान गर्छु ।’

जेम्स डिनको यो प्रतिक्रियाको केही समयलगत्तै अन्य पोर्न स्टारहरु जेम्स डिनलाई मुखभरिको जवाफ दिन तयार भए । अनस्क्रिन मात्र नभएर अफस्क्रिनमा पनि उनको व्यवहार उचित नभएको लेख्न थाले ।

कतिसम्म भने सन् २०१६ मा लागू औषधको ओभर डोजका कारण मृत्यु भएकी एम्बर रेइन, जो आफूलाई जेम्सकी नजिकको मन मिल्ने साथी भनेरसमेत मान्थिन्, उनीमाथि भएको यौन अत्याचारका कारण कतिपय ठाउँमा स्टिच लगाउनु परेको थियो । त्यस्तै जोएन्ना एन्जेलले समेत कतिपय अवस्थामा जेम्स डिनसँगै भएका बेला आफूमाथि जेम्सले अव्यवसायिक व्यवहार गरेको टिप्पणी अखबारमा गरेकी थिइन् । 

जेम्स डिनविरुद्ध १० जना अश्लील फिल्मका अभिनेत्रीहरु एक मुख भएर बोलेका थिए तर उनको यो क्रियाकलापलाई कसैले पनि गम्भीरतापूर्वक लिइदिएन । उनीमाथि कुनै किसिमको कानुनी कार्बाही भएन ।
पछि एउटा ट्याब्लोइड पत्रिका ‘द डेली बिस्ट’मा जेम्सले आफूमाथि आरोप लगाएका ती १० जना महिलाहरुप्रति एक एक गरी जवाफ फर्काएका थिए । जवाफमा उनले ती सबै घटना दुर्घटनाका रुपमा उल्लेख गर्दै आफ्नो तरिकाले व्याख्या गरे । उनले जवाफमा भनेका छन्, ‘जब तपाईंले अश्लील फिल्म उद्योगका गतिविधिलाई अर्कै समाजमा प्रस्तुत गर्नुहुन्छ, त्यो बेला मेल खाँदैन । ममाथि जसले आरोप लगाएका छन् कि त ती मेरा पूर्व प्रेमिका थिए कि त फिल्मको सेटमा भएका दुर्घटना !’

उसो भए ती सबैले तपाईंमाथि किन आरोप लगाए होलान् त भन्ने प्रश्नमा जेम्सको भनाइ थियो, ‘उनीहरु पोर्न उद्योगमा हुँदा कहिलेकाहीँ दुर्घटना घट्ने गर्छ र जब उनीहरु त्यहाँबाट बाहिरिन्छन्, ती घटनाले उनीहरुलाई अप्ठेरो महसुस हुन्छ । जुन कुरा पोर्न उद्योगमा सहज देखिन्छ, बाहिर असहज हुन्छ । कतिपय अवस्थामा अरुले पनि पोल लगाइदिन्छन्, किन यस्तो कुरा सहेको भन्ने पनि भेटिएलान् । अनि त केही पनि ठीक हुँदैन ।’

त्यसो त जेम्समाथि लागेको आरोपभन्दा पहिले पनि यहाँ हुने ‘अत्याचार’बारे गाइँगुइँ नभएको होइन । कतिपय ‘गे’ अश्लील फिल्मको सेटमा महिला कलाकारले अस्वीकार गरे पनि बाध्यतामा पार्ने, मन नलागेका दृश्य अनिवार्य दिनैपर्ने, अस्वीकारलाई अस्वीकार नठान्ने प्रवृत्ति रहेको चर्चा हुने गरेको थियो । 

कसैले अस्वीकार गरेका खण्डमा काम नदिने, उसलाई छेडछाड गर्ने चलन त्यहाँ नौलो मानिदैन । कोही बोल्न खोज्यो भने उसलाई चूप लगाउने अनेक मेलो र कतिपय अवस्थामा ब्ल्याकमेलिङसमेत गर्ने गरिएको हुन्छ पोर्न फिल्म उद्योगमा । तर स्टोयाले मुख खोलेपछि पोर्न उद्योग नयाँ चरणमा प्रवेश गरेको मानिन्छ । स्टोयाले डिनबारे मुख खोलेपछि अन्य महिलाले पनि आफूले भोगेको यौन यातनाबारे सार्वजनिक रुपमा बोल्न थालेका छन् । 

हलिउडमा जस्तै अश्लील फिल्म उद्योगमा पनि सुपरस्टारहरु हुन्छन् । तिनले वर्षका सर्वोत्कृष्ट फिल्ममा अवार्ड पाउने गर्छन् । केही यस्ता फिल्म निर्माता छन्, जसले पुरस्कृत र सर्वोत्कृष्ट निर्देशक र कलाकारलाई मात्र अभिनय गराउँछन् र राम्रो पैसा दिने गर्छन् । यस्तै सर्वोत्कृष्टमा पर्छिन् पेपी । पेपी नाम काल्पनिक हो तर पात्र भने वास्तविक । यिनको वास्तविक नाम नछाप्ने सर्तमा उनी खुलेकी हुन् ।

उनले कस्मोपोलिटन म्यागेजिनलाई भनेकी छन्, ‘म अश्लील उद्योगमा भए पनि खुसी थिएँ । मैले अवार्ड जितिरहेकी थिएँ । पैसा राम्रै कमाइरहेकी थिएँ । दस वर्षे मेरो करियर उच्च बिन्दुमा पुगेको थियो । र, अचानक मेरो खुसीमाथि आँखा लाग्यो... म शोषणमा परेँ ।’

त्यो दिन उनी एउटा पुरुष कलाकारसँग अभिनय गर्दै थिइन् । त्यसपछि अचानक अन्य दुई पुरुष पनि त्यहाँ थपिए । उनीमाथि यौन हिंसा भयो । उनले त्यसको विरोध गरिन् तर कसैले उनको कुरालाई महत्व दिएन । उनको शरीरबाट रगत बग्न थाल्यो । यसपछि उनलाई अत्ति भयो र चिच्याइन्, ‘कट् !’ तर निर्देशकले कट् भनेनन् । उनले गला अवरुद्ध पार्दै भनिन्, ‘मेरो स्वीकृति त्यहाँ भंग भइसकेको थियो । म बलात्कृत हुँदै थिएँ तर सुटिङ रोक्ने कुनै अभिप्राय त्यहाँ देखिएन । मलाई कुटपिट गर्ने दृश्य फिल्मांकन भइरहेको थियो । म सक् भएँ, म डराएँ । कुन बेला उम्किउँजस्तो भइरह्यो ।’

‘पछि जब मैले निर्देशकसँग कुरा गरेँ, उसले भन्यो, ‘तिमीले मेरो फिल्ममा काम गर्छु भन्नुको अर्थ, ती सबै काम गर्नु हो, जुन त्यहाँ त्यतिबेला हुन्छ ।’ यस्तो जवाफ सुनेपछि उनी प्रहरीकहाँ गइन् । उनलाई लागेको थियो, प्रहरीले सबै किसिमका हिंसालाई गम्भीरतापूर्वक लिन्छ होला तर त्यस्तो भएन । उनले भनिन्, ‘ममाथि जे आइप¥यो, सबै कुरा टेपमा सुरक्षित छन्, प्रहरीले रेकर्ड गरेर राखेको छ ।’

उनी रगतपच्छे भएर प्रहरीकहाँ पुगेकी थिइन् तर प्रहरीले हाँसोमा उडाइदियो । ‘मैले कसलाई र कस्ता मान्छेलाई पीडा सुनाइरहेकी छु भनेर उल्टै पछुतो लाग्यो,’ उनले भनिन्, ‘अनि प्रहरी हाँसेको र आफूमाथि भएको अन्याय साथीहरुलाई सुनाउँदा उनीहरुमाथि पनि त्यस्तै घटना घटेको सुनाए ।’

अश्लील फिल्म उद्योगमा काम गर्ने पेपीबाहेक अन्यले पनि यस्तो भोगेका छन् । उनीहरुलाई प्रहरीले जब यो घटना फिल्मको सेटमा घट्यो कि बाहिर भनेर सोध्छन्, फिल्म सुटिङका क्रममा घटेको भनेपछि उनीहरु पन्छिहाल्छन् ।

अश्लील फिल्म पनि विभिन्न विधाका हुन्छन् । त्यसमध्ये फेटिस विधामा काम गर्ने कलाकारको हालत त अझ दुरुह नै हुन्छ । उनीहरुमाथि हुने कुटपिट, अंगअंगमा गरिने अत्याचारको कुनै सीमा हुँदैन । थोरबहुत त यो कामका लागि स्वीकृति लिने र दिने पनि हुन्छ तर एउटा तहमा पुगेपछि यौनाङ्गमाथि गरिने अत्याचारको हद पार हुन्छ । कतिपय अवस्थामा त कलाकारको टाउको र कतिपय अंगमा स्थायी असर पर्ने गरेको छ । यो घटना जब अदालतमा पुग्छ, न्याय पाउने सम्भावना पनि निकै कम हुन्छ । ‘त्यस्तै खाले दृश्यमा काम गर्ने स्वीकृति जनाएको हुनाले त्यसलाई अपराधको श्रेणीमा राख्न नमिल्ने’ निर्णय अदालतले गरिदिन्छ ।

‘त्यसै पनि अन्यत्र काम गर्ने महिलालाई त आफूमाथि शोषण भयो भनेर अदालतबाट निर्णय गराउन गाह्रो छ भने, अश्लील फिल्ममा काम गर्दाका बेला आफूमाथि यौन दुव्र्यवहार भयो भन्नु प¥यो भने उसले जति सास्ती अरु सायदै कसैले भोग्दो हो !’ पेपी भन्छिन् ।

यस्ता फिल्ममा कपाल तान्ने र प्याट्प्याटी कुट्ने त सामान्य दृश्य मानिन्छन् । बिडिएसएम विधाका फिल्म चाहिँ त्यहाँबाट अघि बढ्छन् । यसपछि ‘रेप पोर्न’ विधाका फिल्ममा हुने अत्याचारले सीमा नाघ्छ । त्यहाँ त दृश्य नै बलात्कारका हुन्छन् । रेप पोर्न चाहिँ बेलायतमा प्रतिबन्धित छ, अमेरिकामा छैन । यस्तो अवस्थामा अदालतले कुन बलात्कार हो र कुन होइन भन्ने प्रमाणित गर्न सक्तैन । पेपीको मुद्दामा पनि सोही किसिमको समस्या देखिएपछि डिस्ट्रिक्ट एटर्नी (जिल्ला अदालत)ले मुद्दा अघि बढ्न नसक्ने जनाएको थियो ।

‘कतिपय कम्पनीले भने कलाकारको ‘सुरक्षा’का लागि भनेर नीति बनाउने गर्छ,’ लामो समय काम गरेकी अभिनेत्री टोरी लक्सले भनिन्, ‘के गर्न हुने र के नहुने, कस्ता सामग्री उपयोग गर्ने र कस्ता नगर्ने, कस्ता काम गर्न इच्छुक हुने र कस्ता काम गर्न अनिच्छा देखाउने सबैका लागि ठाउँ दिने गर्छन् । चाहिँदोभन्दा बढी भएको देखिनेबित्तिकै निर्देशकले ‘कट्’ भनिहाल्छन् । 

टोरी लक्स थप्छिन्, ‘तपाईं यो उद्योगमा नयाँ हुनुहुन्छ भने एजेन्टमार्फत् काम गर्नुस् । उसले तपाईंलाई धेरै कुरा गर्नबाट जोगाउँछ । कहीँकतै केही गलत भइहाले उनीहरुले मुद्दा लडिदिन्छन् । यसबापत कलाकारबाट एजेन्टले आम्दानीको १५ प्रतिशत रकम लिने गर्छन् ।’ जबसम्म अश्लील कलाकारको ठूलो फ्यान हुँदैनन्, एजेन्टमार्फत् काम गर्नु सुरक्षित हुन्छ ।

तर जसै ठूलो फ्यान तयार हुन्छन्, यस्ता कलाकारले प्रति दृश्य १५ सय पाउन्ड पारिश्रमिक लिन्छन् । नयाँ कलाकारले भने २५० पाउन्ड प्रतिदृश्य पाउने गर्छन् । बढी पैसा कमाउने लोभमा कलाकारहरुले पहिले कहिल्यै नगरिएका काम गर्न तयार हुन्छन् । यसपछि उनीहरु दुर्घटनामा पर्न थाल्छन् । जति ठूलो दुर्घटनाको खतरा उति बढी पैसा ।

जेम्स डिनमाथि आरोप लगाउनेहरुले लगाइरहे, उनले आफ्नै किसिमका जवाफ पनि तयारीमा राखेका छन् । पछिल्लो समय भने अधिकांश अभिनेत्रीले अनलाइन स्ट्रिमिङ साइट खोलेका छन्, जसका कारण जेम्स डिनसँग संगतै गर्नु परेन । पेपी भन्छिन्, ‘जेम्सले गर्ने किसिमको शोषण हिजो पनि थियो, आज म यत्ति बोलिरहेकी छु र यो पनि भइरहेको छ भने भविष्यमा पनि हुनेछ । म एकताका यो उद्योगलाई प्रेम गर्थें तर जुन किसिमको शोषणको एउटा दुश्चक्र चलिरहेको छ, यसलाई निर्मूल पार्न उद्योगमा काम गर्नेहरुको रुचि घटिरहेको छ, यसले मलाई उद्योगप्रति घृणा जाग्न थालेको छ ।’

पछिल्लो समय युपोर्न, रेडट्युब, पोर्नहबजस्ता वेबसाइटले सित्तैमा छोटा फिल्म देखाएपछि एक समय मज्जाले चम्केको अश्लील फिल्म उद्योगको बजार ध्वस्त भएको छ । डिभिडी बिक्री कम भएको छ भने अश्लील टेलिभिजनको माग पनि घट्दै गएको छ । यस्तो बेलामा केही बाठा कलाकारहरुले पे पर भ्यु, अनलाइन निजी च्यानलजस्ता कुरामा ध्यान दिएका छन् । तिनले फिल्म आफैँ खिच्ने, आफूले दिन खोजेको कन्टेन्ट खिच्ने, अरुको दबाबमा काम नगर्नेजस्ता काम गरिरहेका छन् । यस किसिमको स्वतन्त्रताले पोर्न उद्योग अर्कै बाटो लागेको हो कि भन्ने पनि देखिन्छ ।
 

Leave A Comment