हिरोको स्टाइलिस बाइक

आइतबार, ०६ माघ २०७५, ०५ : २८ शुक्रवार
हिरोको स्टाइलिस बाइक

मूल्यको कारण उच्च क्षमताको बाइकमा जान सक्नु भएको छैन भने हिरोको एक्ट्रिम २०० आर बाइक उपयुक्त विकल्प हुनसक्छ ।

अन्य २०० सिसीका बाइकको तुलनामा कम मूल्य त छ नै यसको । भारतको हिरो मोटोकर्पले उत्पादन गरेको स्टाइलिस स्पोर्ट्स बाइक नयाँ एक्ट्रिम २०० आर नेपाली बजारमा बिक्री भैरहेको छ । 

नेपाल जनरल मार्केटिङ प्रालिले कम मूल्यमा नेपाली प्रयोगकतालाई लक्षित गरेर बिक्री गरिरहेको जनाएको छ । सो बाइकको नेपाली बजारमा मूल्य दुई लाख ९५ हजार पाँच सय रुपैयाँ रहेको नेपाल जनरल मार्केटिङ प्रालिका सेल्स पर्सन राजिब जोशीले बताए । ‘अपग्रेड हुन चाहने युवाका लागि एक्ट्रिम २०० आर हेवी एक्ट्रिम २०० आर हेवी छ,’ जोशीले भने, ‘दुई सय सिसीका अन्य बाइककोे तुलनामा यो कम मूल्यको इकोनोमिक बाइक हो ।’ 

सडकको सर्फेसअनुसार आरामदायी यात्राका लागि धेरै फिचर भएको बाइक ल्याएको कम्पनीको दाबी छ । 
‘युवाले मन पराउने डिजाइनमा गजबको लुक्स छ,’ जोशीले भने, ‘सबैले मन पराएका छन् । सडकको बनोट अनुसार टर्निङ गर्न सजिलो छ ।’

बाइकमा २ सय सीसी सिंगल सिलिन्डर, एयरकुल्ड इन्जिन छ । ४.६ सेकेन्ड मै शून्यदेखि ६० किलोमिटरको गति लिने क्षमता रहेको कम्पनिले जानकारी दिएको छ । यसमा ५–स्पिड गियरबक्स, १८.४ बीएचपी पावर र १७.१ एनएम टर्क प्रदान गर्छ । 

बाइकको फ्रन्टमा २ सय ७६ एमएम डिस्क ब्रेक र रियरमा २ सय २० एमएम डिस्क ब्रेक छ । बाइकमा एन्टी लक ब्रेकिङ सिस्टम रहेको जोशीले बताए । 
‘पछाडिको टायर वाइड छ,’ उनले भने, ‘यसले सडकमा पकड बढेको छ । रेडियल टायर भएकाले लचक दिन्छ ।’

कम्पनीका अनुसार बाइकमा एलइडी डे टाइम रनिङ लाइट, एलइडी टेल लाइट, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, स्पिडोमिटर डिजिटल पार्ट छन् । 

रेडिएल टायर्स जडान गरिएको हिरो एक्स्ट्रिम पहिलो हिरो मोटसाइकल भएको कम्पनीको दाबी छ । कम्पनीले उपभोक्ताको छनोटअनुसार विभिन्न पाँच वटा रङमा बाइक बजारमा ल्याएको छ । 

ट्यांकीमा मस्कुलर लोगोले थप स्टाइलिस र स्पोर्टी बनाएको छ । समयमा बाइकको सर्भिसिङ भएन भने सर्भिस इन्डिकेटरले सर्भिसको समय सम्झाउँछ । बस्नका लागि सजिलो छ । ‘रोडको सर्फेसअनुसार आरामदायी यात्रा गर्न सकिन्छ,’ जोशीले भने ।
 

Leave A Comment