कंगनाको चुनौती

आइतबार, ०६ माघ २०७५, ०६ : ०० शुक्रवार
कंगनाको चुनौती

बलिउडकी सुन्दर अभिनेत्री कंगना रनावतको अभिनयको जति तारिफ गरे पनि थोरै नै हुन्छ । चाहे त्यो फिल्म ‘क्विन’ होस् वा ‘तनु वेड्स मनु’ वा ‘फेसन’ । त्यसैले उनका प्रशंसक पनि टन्नै छन् ।

यति हुँदा पनि उनी आफूलाई बलिउडको नजिक महसुस गर्दिनन् । पर्दामा मात्रै हैन, वास्तविक जीवनमा पनि उनी उत्तिकै साहसी छन् । नायक ऋतिक रोशनसँगको खटपट होस् या यौन दुव्र्यवहार र बलिउडमा रहेको परिवारवाद, सबैबारे उनी खुलेर बोल्छिन् । 

यसपालि भने उनको निशानामा बलिउडका चल्तीका नायिकाहरु नै परेका छन् । बलिउडले आफूलाई सुरुदेखि नै इग्नोर गरेको आरोप लगाउँदै आएकी उनले चल्तीका नायिकाहरुलाई आफूलाई इग्नोर नगर्न चुनौती दिइन् ।

एउटा वेबसाइटसँगको कुराकानीमा उनले आफू आलिया भट्ट वा अनुष्का शर्मा वा दीपिका पादुकोण सबैको राम्रो कामको सधैं प्रशंसा गर्न कन्जुस्याइँ नगर्ने तर आफ्नो गतिलो कामको प्रशंसा गर्न सबैले सानो चित्त देखाएको आरोप लगाइन् । उनले चित्त दुखाइको रुपमा सार्वजनिक गरेको अभिव्यक्तिलाई बलिउडले चुनौतीको रुपमा हेरेको छ ।
 

Leave A Comment