चौथो ‘गोलमाल’मा आलिया

बुधबार, १२ साउन २०७३, ०२ : १५ शुक्रवार , Kathmandu
चौथो ‘गोलमाल’मा आलिया

फिल्म ‘गोलमाल’को चौथो सिक्वेलका लागि निर्देशक रोहित सेट्टी अभिनेत्रीबारे सोचिरहेका छन् । कतिपय नाममध्ये आलिया भट्टको नाम सबैभन्दा माथि छ । आलियाले करिना कपुरले गरेको भूमिका गर्न सक्ने अनुमान गरिएको छ । फिल्मको सुटिङ आउँदो वर्ष सुरु हुनेछ । यदि आलियाले ‘गोलमाल–४’ मा अजय देवगनको अभिनेत्रीका रूपमा काम गरिन् भने अजयसँग उनले पहिलो पटक काम गर्नेछिन् । साथै, रोहित सेट्टीको निर्देशनमा बन्ने फिल्ममा पनि उनले पहिलो पटक काम गर्नेछिन् ।

Leave A Comment