#metoo बारे रेखा : ‘बोल भन्ने गरी हामी युनाइटेड छैनौँ’

सोमबार, ०७ माघ २०७५, ०३ : ३९ शुक्रवार
#metoo बारे रेखा : ‘बोल भन्ने गरी हामी युनाइटेड छैनौँ’

एउटा पुरुष कहिल्यै पनि दोषी मानिँदैन । बरु उल्टै पीडित महिलाले पुरुषको पूजा गरिरहेका हुन्छन् । उदाहरणको लागि ७-८ वर्षैअगाडि मैले छवि ओझासँग सम्बन्ध विच्छेद गरे । ती व्यक्तिको पहिल्यै दुई-तीन वटा विवाह असफल भइसकेका थिए तर दोष कसलाई लगाइयो ? मलाई । रेखा थापा गलत भन्ने भयो ।

हाम्रो समाजको संरचना र सोच नै छोरी मान्छेको लागि बनेको छैन । जसरी पनि महिलालाई प्रश्न गरिन्छ । हामी छौँ, तिमी बोल भन्ने गरी हामी युनाइटेड छैनौँ । यस्तो नहुँदासम्म यो कुरा यस्तै चलिरहन्छ ।

हामी कुन समाजमा छौँ ? मीटूको कुरा गर्नुहुन्छ तपाईंहरु ? मानिलिनुहोस्, कोही केटीले मीटूको कुरा ल्यायो रे, तपाईंहरु सबैले साथ दिन सक्नुहुन्छ ? उसको त करियर जान्छ, सबैकुरा जान्छ । त्यो पुरुष सधैँ गाईको दुधले नुहाएको जस्तो भइरहन्छ ।
(मार्टिन चौतारीमा आयोजित ‘आह्वान सम्वाद’मा थापाले राखेको धारणा ।)
 

Leave A Comment