फेसबुक म्यासेन्जर लगआउट गर्ने तरिका

बिहिबार, १० माघ २०७५, ०३ : २६ सन्ताेष न्याैपाने
फेसबुक म्यासेन्जर लगआउट गर्ने तरिका

तपाईंलाई थाहै होला, फेसबुक म्यासेन्जर लगआउट गर्न सकिँदैन । कति जनाले फेसबुक म्यासेन्जर कसरी लगआउट गर्ने भनेर खोजिरहेको पनि पाइन्छ र तर यसमा लगआउटको अप्सन छैन ।
सधैँ अनलाइन देखिदा बेलाबेलामा टिङटिङ म्यासेज बजेर हैरान हुन्छ । इन्टरनेटमा काम गर्दा अफलाइन बस्न मन लाग्छ ताकि कसैले डिस्टर्ब गर्न नसकून् । धेरै नेपालीहरुले प्रयोग गर्ने सामाजिक सञ्जालमा फेसबुक र यसको म्यासेन्जर एप हो । त्यसैले पनि यसबाट सम्पर्कका साथै कहिलेकाहीँ डिस्टर्ब पनि भइरहेको हुन्छ । 

म्यासेन्जरले अफिसियल्ली लगआउटको अप्सन नराखे पनि तपाईंले विभिन्न ट्रिक लगाएर लगआउट गर्न सकिन्छ । यसबाट तपाईंका कुनै पनि कन्टेन्ट डिलिक्ट हुँदैनन् ।

एन्ड्रोइड म्यासेन्जर एपबाट लगआउट 
एन्ड्रोइड म्यासेन्जरबाट लगआउट गर्दा आधिकारिक फेसबुक एप वा म्यासेन्जर एपमा जानु पर्दैन । तपाईंको आफ्नै मोबाइलको सेटिङबाट लगआउट हुन सक्नुहुन्छ । 
१. तपाईंको एन्ड्रोइड डिभाइस अथवा मोबाइल सेटिङमा जानुहोस् । 
२. स्क्रल डाउन गर्दै एप्स अप्सनमा जानुस् । 
३. त्यहाँ तपाईंले इन्स्टल गरेका धेरै एप्स देख्न सक्नुहुन्छ । त्यही लिस्टमा म्यासेन्जर देख्नुहुन्छ । म्यासेन्जरमा जानुहोस् । 
४. अब स्टोरेज अप्सन देख्नुहुन्छ । त्यसलाई क्लिक गर्नुहोस् । 
५ स्टोरेजभित्र तपाईंले ‘क्लियर डाटा’ भन्ने अप्सन लेख्नुहुन्छ । त्यसमा क्लिक गरेर डाटा क्लियर गर्नुहोस् । तपाईंलाई क्यान्सिल र डिलिट अप्सन माग्छ । डिलिट अप्सन क्लिक गर्नुस् । चिन्ता नलिनुहोस्, डिलिट गर्दा तपाईंका कुनै पनि डाटा डिलिट हुँदैनन् । यो डिसकनेक्सनको लागि मात्र हो । 

तपाईं अब सेटिङ अप्सनलाई बन्द गरेर म्यासेन्जर एपमा फर्कनुहोस् । म्यासेन्जर खोलेर हेर्नुस्, तपाईंको म्यासेन्जर लगआउट भएको छ । तपाईंले यसलाई पुनः सुरु गर्न त्यहाँ मागेको निर्देशनअनुसार जान सक्नुहुन्छ ।    

फेसबुक एपबाट आइओएस र एन्ड्रोइडमा लगआउट 
१. तपाईंको फेसबुक एप खोल्नुहोस् र अकाउन्ट साइन इन गर्नुहोस् । 
२. अब मेनु अप्सनमा जानुहोस् । मेनु अप्सन आइओसमा स्क्रिनको बटममा र एन्ड्रोइडको माथिल्लो भागमा हुन्छ ।
३. अब तलतिर रहेको सेटिङ एन्ड प्राइभेसी अप्सनमा क्लिक गर्नुस् र सेटिङमा जानुहोस् । 
४. अब त्यहाँ रहेका विभिन्न अप्सनमध्ये ‘सेक्युरिटी एन्ड लग इन’मा जानुहोस् । 
५. त्यहाँ तपाईंले ‘ह्वेयर यु आर लग्ड इन’ भनेर तपाईंको मोबाइल डिभाइस डिटेल लेखिएको हुन्छ । बोल्ड अक्षरमा लेखिएको उक्त डिटेलमध्ये एकको तलपट्टि म्यासेन्जर लेखेको अर्कोमा फेसबुक एप (एक्टिभ) हुन्छ । 
६. तपाईंको डिभाइसमा डिभाइसको डिटेलको तल म्यासेन्जर देख्नु भएन भने सि मोर अप्सनमा भित्र हुनेछ । त्यहाँभित्र डिभाइसको डिटेलको धेरै अप्सन देख्नु हुन्छ । 
७. तीमध्ये तपाईंको डिभाइसको डिटेल तल म्यासेन्जर लेखिएको अप्सनमा गएर त्यसको साइटमा रहेका तीन वटा टिकटिक लगाएको भागमा क्लिक गर्नुहोस् । अनि लगआउट अप्सनमा क्लिन गर्नुहोस् । 
अब म्यासेन्जर लगआउट भयो । निक्र्यौल गर्न म्यासेन्जर एपमा गएर चेक गर्नुहोस् । म्यासेन्जर लगआउट भइसकेको हुन्छ । अब पुनः सुरु गर्न चाहनुहुन्छ भने लग इन अप्सन दिइरहेको हुछ । त्यसमा क्लिक गरेर निर्देशनअनुसार खोल्नुहोस् ।  

फेसबुक डटकमबाट लगआउट 
तपाईंले वेब ब्राउजरमा फेसबुक डट कममा गएर पनि आइओएस र एन्ड्रोइड डिभाइसको म्यासेन्जर एपलाई लगआउट गर्न सक्नुहुन्छ । यो मोबाइल एपमार्फत् गरिएको लगआउट तरिकासँग जस्तै जस्तै छ । 
१. फेसबुक डटकममा गएर तपाईंको फेसबुक अकाउन्ट खोल्नुहोस् । 
२. तपाईंको फेसबुक पेजको माथिल्लो दायाँ भागमा तलतिर फर्किएको चिह्न (डाउन एरो) अप्सनमा क्लिक गर्नुहोस् । त्यहाँ रहेको सेटिङ अप्समा क्लिक गर्नुहोस् । 
३. बायाँतिर रहेको साइड बार मेनुमा तपाईंले जेनरल अप्सनअन्तर्गत ‘सेक्युरिटी एन्ड लग इन’ अप्सन देख्न सक्नुहुन्छ । ‘सेक्युरिटी एन्ड लग इन’मा क्लिक गर्नुहोस् ।   
४. यो सेक्सनमा ‘ह्वेयर यु आर लग्ड इन’ अप्सनमा तपाईंको डिभाइस डिटेल दिएको हुन्छ र यसको तलतिर मसिनो अक्षर म्यासेन्जर पनि लेखिएको हुन्छ । 
५. म्यासेन्जर लेखिएको अप्सनको दायाँ भागमा रहेको तीन डटडटमा क्लिक गर्नुहोस् । त्यहाँ अब लगआउट अप्सनमा क्लिन गर्नुहोस् । 
६. अब मोबाइलमा म्यासेन्जर चेक गर्नुहोस् । सेसन आउट भनेर आएको हुन्छ । ओके गर्नुहोस् । अब तपाईंको म्यासेन्जर लग आउट भयो । पुनः सुरुवात गर्न दिएको निर्देशनअनुसार जानुहोस् ।
(लाइफवायर डटकमको सहयोगमा) 
 

Leave A Comment