आलियाका कारण जागिर चट

बिहिबार, ०६ जेठ २०७३, ०३ : १७
आलियाका कारण जागिर चट

बलिउड अभिनेत्री आलिया भट्टका कारण एक सेक्युरिटी गार्डले जागिर गुमाएका छन् । आलियाको फोटो खिच्ने हुँदा उनलाई जागिरबाट निकालिएको हो ।
निर्देशक गौरी सिन्देको नयाँ फिल्ममा आलिया भट्टले काम गरिरहेकी छिन् । गोवाको एउटा रिसोर्टमा आलियाको फिल्मको छायांकन भइरहेको थियो । त्यहाँ सुरक्षा दिन बसेका एक गार्डले आलियाको तस्बिर खिचेका थिए । अनुमति नलिईकन तस्बिर खिचेको भन्दै शाहरुख पत्नी गौरीले गार्डलाई ठाउँको ठाउँ ‘फायर’ गरिदिइन् । त्यहीँ रहेकी आलियाले ती गार्डको बचाउमा चुँसम्म पनि नगरेको समाचारमा जनाइएको छ ।

Leave A Comment