अनुष्का–शाहरुख फेरि सँगै

बिहिबार, १३ साउन २०७३, १० : २४ शुक्रवार , Kathmandu
अनुष्का–शाहरुख फेरि सँगै

इम्तियाज अलीको नयाँ फिल्ममा अनुष्का शर्मा र शाहरुख खान सँगै देखिने भएका छन् । फिल्म ‘रब ने बना दी जोडी’ र ‘जब तक है जान’ मा उनीहरू पर्दामा सँगै देखिएका थिए । तर, ती फिल्ममा शाहरुखसँग धेरै रोमान्स गर्न नपाएकाले अनुष्का ती फिल्मबाट खुशी छैनन् । यस फिल्मबारे उनले भनेकी छिन्, ‘अहिले म इम्तियाजसँग स्क्रिप्ट पढिरहेकी छु । मेरो भूमिकालाई उनले अझै ‘डेभलप’ गरिरहेका छन् । म पनि आफ्नो भूमिका उनीबाट बुझ्दै छु ।’ यस अनाम फिल्मको सुटिङ आउँदो महिनाबाट सुरु हुनेछ ।

 

Leave A Comment