यो वर्षका प्रेमको भिलियन ६ राशि

बिहिबार, ०२ फागुन २०७५, ०६ : ५० शुक्रवार
यो वर्षका प्रेमको भिलियन ६ राशि

भनिन्छ प्रेम र सम्बन्ध भाग्यको खेला हो । राम्रो जोडी पाउन भाग्य पनि बलियै हुनुपर्छ । यदि प्रेम र सम्बन्धबारे भाग्यमा विश्वास गर्ने हो भने राशिमा अविश्वास हुने कुरै भएन । 

राशि अनुसार सन् २०१९ मा ६ वटा राशि भएकाहरुका लागि त्यत्ति सुखद संकेत देखिएन । बाँकी राशि भएकाहरुको प्रेम यात्रा भने राम्रो देखिन्छ । 

मिथुन, धनु, मकर, वृश्चिक, मेष, वृषका लागि भने यस पटकको  भ्यालेन्टाइन्समा लभलाइभ राम्रो देखिन्छ । पुरानो सम्बन्धमा रहेका तितोपना हट्ने तथा नयाँ सम्बन्ध जोडिने देखिन्छ ।
कर्कट, सिंह, कन्या, तुला, कुम्भ र मिन राशि भएकाहरुको सन् २०१९ मा यस्तो देखायो राशिफलले ः 

कर्कट : यो राशिवालाका लागि भ्यालेन्टाइन्स डे त्यत्ति फाप्ने देखिन्न । सन् २०१९ का  प्रारम्भका केही महिना प्रेम प्रतिकूल देखिन्छ । जोडी भएकाहरुका लागि पनि केही महिना तनावको अवस्था हुनसक्छ । प्रेमपूर्व सम्बन्धका लागि वर्षको अन्तिम महिना लाभदायी देखिन्छ ।

सिंह : यो राशि भएकाहरुले पनि फेब्रुअरी र मार्चमा होसियार हुनुपर्ने देखिन्छ । यी दुई महिना पार्टनरसँगको सम्बन्धमा खटपट हुने देखिएकाले भ्यालेन्टाइन्स डे मा सम्हालिनुपर्ने देखिन्छ । यी दुई महिना नयाँ सम्बन्ध गाँस्ने प्रयास सफल हुने देखिन्न ।

कन्या : यो राशि भएकाहरुका लागि अन्य २ राशिझँै पूर्ण प्रतिकूल अवस्था नदेखिए पनि नयाँ सम्बन्ध गाँस्न राखिने प्रस्ताव सहज स्वीकार हुने देखिएको छैन । जोडी भइसकेकाहरुको हकका सम्बन्धमा उतार–चढाव आउने देखिन्छ ।

तुला : तुला राशि भएकाहरुको हकमा पुरानो प्रेम सम्बन्ध टुट्न सक्ने जोखिम देखिन्छ । वर्षको मध्यबाट सम्बन्धमा सुधार हुने राशिको योगफलले देखाउँछ ।

कुम्भ : प्रारम्भका केही महिना प्रतिकूल देखिए पनि यो लामो समय जाने छैन । कसैलाई मन पराइरहे पनि प्रस्ताव राख्न सकिएको छैन भने सम्हालिनु राम्रो ।

मिन : पुरानो सम्बन्ध टुट्न सक्ने जोखिम देखिन्छ । नयाँ सम्बन्धका लागि नहतारिएकै राम्रो । 
 

Leave A Comment