दुबईमा गुन्जिँदै नेपथ्य ब्यान्ड

बिहिबार, १६ फागुन २०७५, ०४ : ४१ शुक्रवार
दुबईमा गुन्जिँदै नेपथ्य ब्यान्ड

लोकरक ब्यान्ड नेपथ्यले आउँदो मार्च १५ तारिखमा दुबई शहरमा कार्यक्रम गर्ने भएकाे छ । ब्यान्ड स्थापनाको २५ औँ वर्ष पुरा भएको अवसरमा विश्वभर सांगितिक यात्रामा हिडिरहेको नेपथ्यले दुबईको करामास्थित अल नासर लेजरल्याण्डको हलमा कार्यक्रम गर्ने भएकाे भएको हो । 

भारत, अष्ट्रेलिया, संयुक्त राज्य अमेरिका, बेलायत, युरोप, कोरिया, जापान, हङकङ लगायतका देशमा सांगीतिक कार्यक्रम प्रस्तुत गरिसकेको नेपथ्य दोश्रो पटक दुबई जान लागेको हो । ब्याण्डका प्रमुख गायक अमृत गुरुङको संयोजनमा १० सदस्य टोली दुबई जाने तयारीमा छ । 

कार्यक्रममा नेपथ्यले ‘रेशम’, ‘तालको पानी’, ‘रातो र चन्द्र सूर्जे...’, ‘भेँडाको ऊनजस्तो’, ‘छेक्यो छेक्यो’लगायत बोलका लोकप्रिय गीत सुनाउनेछन् ।

 

Leave A Comment