पुरुषका लागि पाँच टिप्स

बिहिबार, १६ फागुन २०७५, ०७ : ५६ शुक्रवार
पुरुषका लागि पाँच टिप्स

अनुहार र कपालको स्याहारबारे महिलाको तुलनामा पुरुष निक्कै अल्छी देखिन्छन् । पार्टी विशेष केही भयो भने उहीहरु हल्का मेकअप गर्न सक्छन्, कपालमा तेल लगाउन सक्छन्, तर नियमित रुपमा त्यत्ति चासो राख्दैनन् । दाह्री, जुँगा काट्नु, मुहार सफा पानीले धुनु र कपाल नुहाउनु नै स्याहारका लागि पर्याप्त रहेको ठान्नु गलत हो ।
नुहाउनु आवश्यक
बिहानै नुहाउनु मात्र हैन, सही तरिकाले नुहाउनु आवश्यक छ । नुहाउँदा सामान्य रुपमा स्याम्पु या साबुनको प्रयोगले मात्र ब्याक्टेरिया हटाउन सकिन्न । त्यसका लागि एमिनो नभएको स्याम्पु र कन्डिसनरको प्रयोग आवश्यक पर्छ । 

दाह्री काट्ने क्रिम
स्मुथ रुपमा दाह्री जुंगा काट्नका लागि सेविङ क्रिमको प्रयोग आवश्यक पर्छ । सामान्य रुपमा साबुनले पनि काम चलिहाल्छ नि भन्ने लाग्छ भने यो गलत हो । यसले अनुहारको छालामा नकारात्मक असर पार्ने जोखिम हुन्छ । त्यसैले नियमितरूपमा सेविङ क्रिमको प्रयोग गरेर मात्र दाह्री जुंगा काट्नु राम्रो ।

नयाँ ब्लेड
दाह्री, जुंगा काट्दा ब्लेडको चयनमा पनि सावधान हुनुपर्छ । पुरानो ब्लेड सकेसम्म प्रयोग नगरे राम्रो । धार बिग्रिएको ब्लेडले जबर्जस्ती सेविङ गर्दा छालामा एलर्जी हुने, दर्फराउने समस्या हुनसक्छ । 

मस्चराइजर
मस्चराइजर महिलाका लागि मात्रै हैन, छाला खस्रो भएका पुरुषका लागि यो फाइदाजनक हुन्छ । सूर्यबाट निस्कने अल्ट्राभायोलेट किरणले महिलाको मात्रै हैन पुरुषको छालालाई पनि नकारात्मक असर पार्छ । यसबाट जोगिन पनि मस्चराइजर गराउनु राम्रो ।

टुथपेस्ट र टुथब्रस
दाँत नियमित माझ्नु पर्छ । तर ब्रस र पेस्टको सही चयन गर्न नसक्दा नियमित ब्रस गर्दासमेत दाँतलाई नकारात्मक प्रभाव पारिरहेको हुनसक्छ । ब्रस छान्दा कडाभन्दा नरम नै छान्नुपर्छ । पेस्ट छान्दा सोडियम क्लोराइड भएको छान्नु राम्रो ।  

Leave A Comment